सेयर बजार उत्तानो परेपछि लगानीकर्ता त्रासमा, के होला बजारको भविष्य ?

बिजनेसपाटी १२ मंसिर
सेयर बजार बिगत ४ महिनायता निरन्तर ओरालो लागि रहेको छ । आज आईतबार पनि बजार ६५ अंकले घटेर १४६९.४५ अंकमा पुगेको छ । आज  ६५ अंकले  बजार घट्दा पनि ५  कम्पनीले भने कमाएका छन् । आज ओरियन्टल होटल, ग्रीन डेभलपमेन्ट बैंक, एनबी इन्स्योरेन्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र तिनाउ डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । ग्रीन डेभलपमेन्टको उच्च मूल्य बढेपछि सर्किट ब्रेकर लागेको थियो भने ग्रीनको झन्डै १० प्रतिशत मूल्य बढेको थियो।

आज साताको पहिलो दिन १ सय १४ कम्पनीको सेयर मूल्य घटेको छ। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, साना किसान बिकास बैंक, लक्ष्मी लघुवित्त संस्था लिमिटेड, प्रिमियर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनीको मूल्य अधिकतम १० प्रतिशतले घटेको छ।
बजारको स्थीति हेर्दाखेरी  व्याजदर बढन लागेको र यही वेला आइसी नोटका कुराहरु आएको, संस्थापक शेयरहरु पनि बजारमा आउने हो की भन्ने आशंका उब्जन थालेको, राइट शेयर यही बेला बढी आउने, कम्पनीहरुको पुजी वृद्धि भएर पुगिसकेपछि भोली भविष्य के हुने, त्यो भन्दापछी बोनस शेयर आउँछ की आउँदैन ? लाभांम्स कत्तिको पाइन्छ ? कम्पनीहरुले कमाइ मेन्टेन गर्न सक्छन् की सक्दैनन ? भन्ने कुराहरुले गर्दाखेरी बजार आझै अलिकति न घटने हो की  भन्ने धेरैको आशंका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया