सेयर बजार फेरि ओर्लियो, ४१ करोडको कारोबार

काठमाडौं २४ पौष
आज आइतबार सेयर बजारमा साढे ६ अंकको गिरावट आएर बजार १४४७.४५ अंकमा खुम्चिएको छ।
आज बजारमा १३१ कम्पनीका ४१ करोड १८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ुआजको कुल कारोबारमा बैंक अफ काठमाण्डू लुम्बिनिको २२ प्रतिशत हिस्सा ओगटेको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

बजारमा नेपाल लाइफको ३ करोड १४ लाख, सिटिजन्स बैंक तीन करोड तीन लाख, कुमारी बैंक एक करोड ८४ लाख, प्राइम बैंकको एक करोड ५२ लाख, एभरेष्ट बैंक एक करोड ४८ लाख र एनटिसीको एक करोड तीन लाख रुपैयाँको शेयर किनबेच भएको छ।

होटल बाहेक सबै समूह झरेका छन्। होटल ३३.२२ अंकले बढेको छ। दोहोरो अंकले विकास बैंक र बिमा सूचक ओर्लिएका छन्। बाँकी सूचकको गिरावट एकल अंकमा छ।

बजारबाट एनबी इन्स्योरेन्स र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले १० प्रतिशत हाराहारी कमाएका छन् भने बढी गुमाउनेमा मञ्जुश्री फाइनान्स, ज्योति विकास बैकका लगानीकर्ता रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया