सेयर बजार र घरजग्गा कारोबार मात्रै बढनुपर्ने ?

दुर्गाप्रसाद काफ्ले

राजनीतिबाट अति नै ग्रसित हाम्रो देश,
विश्वकै अति गरिव राष्ट हाम्रो देश,
रेमिटयान्स्बाट चलेको हाम्रो देश,
उद्योग कलकारखाना नभएको अथवा अति नै नगन्य रुपमा भएको हाम्रो देश,
अति राजनीतिले डुबाएको हाम्रो देश ।
यस्ता विविध कारणहरुबाट ग्रसीत भयो हाम्रो देश,
भष्टाचार, जातीबादी सोच, खराब राजनीतिक संस्कारले ग्रसीत भयो हाम्रो देश । खराव संस्कार नै सही हो भन्ने लाग्न थाल्यो हामी नेपालीलाई ।

भष्टाचार गर्न पाउनुपर्छ, अरुलाई ठग्न पाउनुपर्छ,
जातिय, दलिय वर्गिय भिडन्त गर्न पाउनुपर्छ,
पावर हुनेले जेगरे नी हुन्छ भन्ने सोच भइसक्यो हामीलाई ।
तसर्थ यस्तो कुसंस्कारबाट देशलाई मुक्त गराउनुपर्छ । तथापी यो गर्नका लागि इच्क्षाशक्ति भएको नेतृत्व देशले पाउनुपर्छ । त्यो नेतृत्व राजनेताको सोचको हुनुपर्दछ ।

गरिव हाम्रो देश, गरिव सोच भएका हाम्रा नेता, गरिव विचार भएका हामी नेपाली, कमजोर अर्थतन्त्र, युवाहरु विदेश पलायन, उत्पादन क्षेत्र मृतप्राय, राजनीतिक अस्थिरता, अनैतिक राजनीतिले ग्रस्त हाम्रो देश । दलाल, तस्कर, भष्टाचारी, गुण्डागर्दीहरुले चलेको हाम्रो देश हो ।
भष्टाचारी, गुण्डागर्दी, कालोबजारीबाट देश चलेको छ भन्ने कुरा विभिन्न माध्यमबाट पुष्टी हूँदापनि कोही–कसैले कावार्ही गर्न आँट यहाँ गर्दैन । किनभने यहाँका नेता कार्यकर्ता सम्पुर्ण रुपमा यस्तै गतिविधिमा जोडिएका हुन् । अलि–अलि पढेका, जानेका प्राय विदेश जान्छन् । चोर दलाल प्राय नेतागिरी, दलाली, तस्करीको काम गर्ने, लोकतन्त्रलाई सम्मान नगर्ने संस्कार छ । यही यस्तै कारणले नै नेपालको अर्थब्यवस्था सुधारिन नसककेको हो ।
आर्थिक सुधारका लागि कृषिमा लगानी, उद्योग कलकारखानामा लगानी, विद्युत, स्वरोजगार, प्रविधिको विकास आदिमा तत्कालै सस्तो ब्याजदरमा सजिलो प्रकृयाबाट ऋण प्रवाह गरिनुपर्छ । यहाँ त्यो भएको छैन । यहाँ त घरजग्गा दलाली, भष्टाचार, दलालले नै सजिलोसँग लोन पाउँछन् ।
गरिव, किसान, विधार्थी, व्यापारी, समाजसेवी आदिले ऋण लिएर काम गर्न अति नै गह्रो छ । अनुत्पादक क्षेत्रमा बैकहरुले अत्याधिक लगानी गरेका कारण आज नेपालले तरलता संकट झेलिरहेको छ । ब्याजदर अत्याधिक बृद्धि भएको छ । अल्पकालिन ऋण, घरजग्गा ऋण बन्द भएको छ । तथापी कृषिजन्य लोन सजिलो भएको छ । कृषि, व्यापार, उद्योग, उत्पादन क्षेत्रमा सजिलो सस्तो प्रकारले लोन प्रवाह गरेर देशको अर्थतन्त्रलाई टेवा पु¥याउँ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया