‘सेल्फी विथ डटर’ अभियान नेपालमा लोकप्रिय हुदै

काठमाडौं १२, जेष्ठ २०७८।
सेल्फी विथ डटर अभियान भारतको हरियाणाको जींद जिल्लाको बीबीपुर गाउँबाट शुरु भएको हो । यो
अभियान नेपालमा यति प्रचारित भएको छ कि, दश दिनभित्रै एक लाख नेपालीले सेल्फी विथ डटर
अभियानबारे सार्बजनिक भएको भिडियो हेरेका छन् । त्यस्तै हजारौं नेपाली आमाबुवाले आफ्नी छोरीहरूसँग
सेल्फि www.selfiewithdaughter मा पोस्ट गरेका छन् । यसको परिणाम सेल्फी विथ डटर डेको अवसरमा
जून ९ मा नेपालका तीन उत्कृष्ट सेल्फीलाई पुरस्कृत गरेर प्रकाशित गरिनेछ ।
सेल्फी विथ डटर अभियान र फाउन्डेशनका संस्थापक सुनील जगलानको अनुसार यो अभियान नेपालमा
भर्चुअल कार्यक्रम मार्फत मे ९ मा सुरु गरिएको हो, जसमा नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम
श्रेष्ठ र अन्य सहकारी संस्थाहरूले नेपालमा अभियान चलाउन सहयोग गरेका छन् । उनको अनुसार
हरियाणाबाट शुरु गरिएको यो अभियानको प्रधानमन्त्री नरेन्द्र मोदीले उनको ’मन की बात’ कार्यक्रम
लगायत धेरै कार्यक्रममा प्रशंसा गरेका छन् ।
सुनिल जगलानले पछिल्लो लकडाउनमा हरियाणा लगायत भारतका धेरै राज्यहरूमा सेल्फी विथ डटर
अभियानको प्रचारप्रसार गरिएको छ, त्यस्तै नेपालमा लकडाउन भए पनि यस अभियानको धेरै प्रचारप्रसार
भइरहेको बताएका छन् । नेपालमा यो पहिलो पटक छोरीहरूको सम्मानका लागि त्यस्तो अभियान
सञ्चालन भइरहेको छ ।
उनले गत १० दिनमा नेपालका एक लाख व्यक्तिले सेल्फी विथ डटर अभियानको सार्बजनिक भिडियो
हेरेको बताएका छन् । यो बाहेक, २५ हजार व्यक्तिहरुले यो लकडाउन अवधिमा संसारभरबाट आफ्नो सेल्फी
पोष्ट गरेको पनि जगलानले उल्लेख गरे ।
नेपाल र भारतका धेरैजसो स्थानहरुमा हाल विश्वव्यापी महामारी कोभिड–१९ को कारण लकडाउन र
कर्फ्यूमा रहेका छन् । यस्तो अवस्थामा सेल्फी विथ डटर फाउन्डेशन र नेपाल इन्टरनेट फाउण्डेशनले
समाजका सबै वर्गका व्यक्तिलाई लकडाउनको बेला छोरीहरूसँग समय बिताउन र छोरीसँगै सेल्फी पठाउन
सेल्फी विथ डटरको अनलाइन संग्रहालयमा पठाउनलाई अपील गरिएको छ । ती सेल्फीहरूलाई पछि
सम्मानित पनि गर्ने अभियानकर्ताले बताएका छन् ।

यस अभियानका बारे जानकारी दिँदै सेल्फी विथ डटर फाउन्डेसनका संस्थापक सुनील जगलानले सेल्फी
विथ डटर डेको अवसरमा भारत र नेपालमा जून ९ मा बिशेष कार्यक्रम आयोजना गरिने बताएका छन् ।
लकडाउनको क्रममा सर्वश्रेष्ठ सेल्फी पुरस्कार प्रदान गरिन्छ भने विजेतालाई ट्रफी र प्रमाणपत्रका साथ
क्रमशः २१ हजार, ११ हजार र ५ हजार १ सय को पुरस्कार प्रदान गरिनेछ ।
नेपाल इन्टरनेट फाउण्डेशनका संस्थापक बिक्रम श्रेष्ठले यस अभियानलाई नेपालका जनताले धेरै मन
पराएको र यो अभियानले महिला सशक्तिकरणका लागि नयाँ आयाम स्थापित गर्ने बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया