सैनिक प्रवक्तामा सहायकरथी भण्डारी

काठमाडौँ, १५ पुस

नेपाली सेनाले सहायकरथी गोकुल भण्डारीलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिएको छ ।

धनकुटाको हिलेस्थित–२ नम्बर बाहिनीको प्रमुखको जिम्मेवारीमा रहनुभएका सहायकरथी भण्डारीले केही दिनमै प्रवक्ताको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

हालका प्रवक्ता सहायकरथी नैनराज दाहाल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत दक्षिण सुडानमा पश्चिम क्षेत्रको कमाण्डरको जिम्मेवारी पाउनुभएपछि सेनाले प्रवक्तामा भण्डारीलाई ल्याएको हो । (रासस)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया