सोमबार आठ अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं १६,चैत २०७७

नेपाल राष्ट्र बैंकले सोमबार रु आठ अर्ब १० करोड बराबरको  ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त  ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि रु पाँच अर्ब बराबरको  ट्रेजरी बिल बिक्री गर्न लागिएको छ ।

सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।  यस्तै १८२ दिनका लागि रु तीन अर्ब बराबरको बिल बिक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रु १५ अर्ब ३३ करोड बराबरको  ट्रेजरी बिल बिक्री गरेको थियो । RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया