स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा पून: रेग्मी

बिजनेसपाटी २३ पौष
स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा दाेस्राे कार्यकालका लागि प्रियराज रेग्मीलाई चयन भएका छन् । स्टक ब्रोकरहरुको साधारणसभाले सर्वसहमतिमा उनलाई चयन गरेको हो ।

दुर्इ बर्षका लागि अध्यक्षमा पून: प्रियराज रेग्मीलाई निरन्तरता दिए पनि कार्यसमितिका अन्य पदाधिकारीहरू भने परिवर्तन भएका छन् । एसोसिएसनको उपाध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन्।

एशोसिएसनको महासचिवमा सन्तोष मैनाली सर्वसम्मत चयन भए। एशोसिएसनको सचिवमा टंकप्रसाद गौतम र कोषाध्यक्षमा धर्म सापकोटा चयन भएका छन्। एशोसिएसनको सदस्यहरुमा रमणदेव पन्त,संजिला अर्याल.राजकुमार तिमिल्सिना,बिनोद ढकाल र सन्तोष पौडेल चयन भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया