स्टाण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनसको अफर
काठमाडौं २४ मंसिर ।
स्टाण्डर्ड चार्टर्ड बैंकलेले शत प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंक संचाललक समितिको बैंठकले आफ्ना सेयरधनीलाई एक बराबर एक बोनस सेयर वितरणका प्रस्ताव गरेको हो ।
बैंकले कर प्रयोजनका लागि प्रतिसेयर ५ रुपैयाँ २६ पैसाको दरले नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ५७ लाख रुपैयाँ छ । बोनस सेयर वितरणसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया