स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा वृद्धि

काठमाडौं ३१ साउन  ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले खुद मुनाफा १ अर्ब ३८ करोड १९ लाख रुपैयाँ कमाएको छ । गत वर्षको तुलना यो ६ दशमलव ८८ प्रतिशतले बढेको हो ।  सोहि अवधिमा अघिल्लो वर्ष बैंकले १ अर्ब २९ करोड मुनाफा कमाएको थियो ।

बैंकले जगेडा कोषमा ८ अर्ब १५ करोड ८८ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप १४ दशमलव ५४ प्रतिशतले बढेर ६३ अर्ब ८७ करोड रुपैयाँ संकलन गरी कर्र्जामा ३९ अर्ब २० करोड ३६ लाख रुपैयाँ लगानीे गरेको छ । बैंकको खुद व्याज आम्दानी १८ दशमलव ७१ प्रतिशतले बढेर २ अर्ब १९ करोड ५४ लाख रुपैयाँ पुगेको छ । ४ अर्ब ५७ लाख रुपैयाँ चुक्ता पुँजी भएको सञ्चालन मुनाफा १३ दशमलव ०५ प्रतिशतले बढेर १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रोभिजन ३६ करोड १७ लाख रुपैयाँ राखिएको छ । बैंकले खराब कर्जा २२ करोड ९९ लाख रुपैयाँ उठाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया