स्ट्याण्डर्ड चार्टर्ड बैंकको शत प्रतिशत बोनस पारित
काठमाडौं २६ पौष ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरधनीलाई शत प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । साथै कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लभांश दिने प्रस्ताव समेत पारित भएको छ ।
कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार सम्पन्न कम्पनीको ३१औँ वार्षिक साधारणसभाले पारित गरेको हो । बैंकले गत आर्थिक वर्षमा संचालन नाफा एक अर्ब ९८ करोड रुपैयाँ र खुद नाफा एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा कम्पनीको व्यवसाय २५ प्रतिशतले वृद्धि भई ३९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया