स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने-नेता पौडेल

काठमाडौँ १७ चैत

इनरुवा-नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निकायको निर्वाचन तोकिएकै समयमा हुने बताएका छन्। सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग कुराकानी गर्दै नेता पौडेलले सो कुरा बताएका हुन्। उनले स्थानीय निकायको निर्वाचन नभए प्राप्त भएको उपलब्धिसमेत गुम्ने खतरा भएका कारण स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए।

वरिष्ठ नेता पौडेलले मधेसी मोर्चासँग वार्ता भइरहेका कारण सबैको सहमति र सहभागितामा वैशाख ३१ गते नै स्थानीय निकायको निर्वाचन हुने दाबी गरे। उनले निर्वाचन मुलुकको विकास, सङ्घीयता र संविधान कार्यान्वयनका लागि महत्वपूर्ण भएकाले यो अनिवार्य रहेको बताए। फरक प्रशङ्गमा नेता पौडेलले नेपाली काँग्रेस जनताको पार्टी भएको, देशभरी नै सङ्गठन भएका कारण आफनो पार्टीले सबै क्षेत्रमा जित्ने दाबी गरे। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया