स्वदेशी उत्पादनको बृद्दिमा जोड दिनुपर्दछ– ढकाल

बिजनेसपाटी २७ पुस ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृदि गर्नुपर्ने कुरामा जोड दिएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला– २०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहनुभएका ढकालले सो कुरा उल्लेख गरे ।
४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नीजि क्षेत्र तयार रहेको जनाए । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताए ।
माननीय कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया