स्वदेशी लघुवित्तको साधारण सेयर बाँडफाँड

बिजनेसपाटी ७ जेस्ठ
स्वदेशी लघुवित्त वित्तीय संस्थाले निस्कासन गरको साधारण सेयर बाँडफाँड गरेको छ । स्वदेशी लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा आइतबार भएको  बांडफांडमा कम्पनीको सेयरमा ११२० कित्तासम्मका लागि आवेदन दिनेहरुलाई गोलाप्रथाबाट बाँडफाँड गरेको हो  । उनीहरुले १० कित्तासम्म सेयर पाएका छन्।
यसभन्दा बढि कित्तामा आवेदन दिनेहरुले १०, ११ र १२ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले दुई करोड ७३ लाख रुपैयाँ बराबरको दुई लाख ७३ हजार कित्ता शेयर निस्कासन गरेको थियो। यसमा करिब तीन अर्ब रुपैयाँ  बराबरको आबेदन परेको थियो। कम्पनीको सेयरमा आस्वा मार्फत एक अर्ब ६ करोड रुपैयाँ र पुरानै शैलीमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया