स्वरुपा रसाइलीको तीज कोशेली “मिठो बोली” बजारमा ( भिडियो सहित )

बिजनेसपाटी ६ श्रावण ।
नेपाली नारीहरुको महान चाड हरितालिका तिज नजिकीदैँ गर्दा बजारमा तीज केन्द्रित गीतहरु आउने क्रम जारि छ । यसै क्रममा सुमुधुर स्वोरकी धनि स्वरुपा रसाइलीको तीज कोशेली “मिठो बोली” बजारमा आएको छ । बिजय कुमार सुनारको उत्कृष्ट शव्द सृजना, नेपाली संगित क्षेत्रका हस्ती संगितकार विवि अनुरागीको संगित संयोजनमा रहेको सो गीतमा गायिका स्वरुपा रसाईलीको सुमधुर आवाज रहेको छ ।
नेपाली हिन्दू महिलाहरूले हर्षोल्लासका साथ मनाउने पर्व भएकाले सोही कुरालाई ध्यानमा राखी गीत बजारमा ल्याएको गायिका स्वरुपा रसाईलीले जानकारी दिइन । रसाईलीले अन्य गीतहरुलाई जस्तै यो तिजी कोशेलीलाई पनि माया गरि एक पटक हेर्न, सुन्न र सुझाव दिन समेत आग्रह गरेकी छिन । गीतमा शिव विकले निर्देशन,शम्भु चालिसेको छायाँङकन र रविन विकले सम्पादन रहेको छ । म्युजिक भिडियोमा भने उषा विश्वकर्मा र शिक्षा रसाइली मुख्य अभिनयमा देखिएका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया