स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट : कतिको भयो हात खाली ?

काठमाडौं, चैत १ । स्वरोजगार लघुवित्तको एफपीओ आज बाँडफाँट भएको छ । मागभन्दा बढी आवेदन परेपछि करिव १८ लाखको हात खाली भएको छ । आज (शुक्रबार) विहान विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौँमा एफपिओ बाँडफाँट सम्पन्न भएको हो ।
यसमा मागभन्दा ११९.८५ गुणा बढी आवेदन परेको थियो । यति धेरैको संख्यामा परेको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि आवेदन दिएको थिए । जसअन्तर्गत १९ हजार ५७७ जनाले शेयर हात पारेका छन् भने बाँकी १८ लाख ६२ हजार ८४५ जनाको हात रित्तो भयो ।
लघुवित्तले यही फागुन १८ गतेदेखि २१ गतेसम्म १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ निष्कासन गरेको थियो ।
१९ हजार ५ सय ७४ जनाले १०–१० कित्ता र भाग्यमानी ३ जनाले ११–११ कित्ताका दरले एफपिओ पाएका छन्। उक्त एफपीओको नजिता लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट र मेरो शेयर एकाउन्ट बाट हेर्न सकिने छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया