स्वरोजगार लघुवित्तले गर्यो एफपिओ निष्कासन

काठमाडौं १८ फागुन, २०८१ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले एफपिओ निष्कासन गरेको छ । संस्थाले आजदेखि एफपिओ विक्री खुल्ला गरेको छ ।
स्वरोजगार लघुवित्त संस्थाले रु. १ करोड ९५ लाख ७७ हजार ३०० बराबरको शेयर निष्कासन गरेको हो । जसको मूल्य प्रतिकित्ता रु. १०० निर्धारण गरेको छ भने निष्कासन गरेको शेयर संख्या १ लाख ९५ हजार ७७३ कित्ता छ ।
इच्छुक लगानीकर्ताले सेयरका लागि यही फागुन २१ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ । यस अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि चैत ३ गतेसम्म लम्बिने सक्ने संस्थाले जनाएको छ ।
संस्थाले निष्कासन गरेको एफपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ भने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण संस्था र ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया