स्वर्गीय गायिका शान्ताको अन्तिम गीत सार्बजनिक ( भिडियो सहित )

बिजनेसपाटी २२ मंसिर

सबारी साधन सबैको रहरको बिषय हो । यस्तै रहर बुनेर भख्खर स्कुटर किनेकी कलाकारको एक महिना नबित्दै दुर्घटनामा परि मृत्यु हुन्छ । यो भिडियो मात्र नभर वास्तविक घटनामा आधारित यथार्त दुर्घटना हो । “सम्बन्ध नै तोडेउ” गीतको म्युजिक भिडियोको क्रममा मोडल सपना लामिछानेले उनै स्वर्गीय गाइका शान्ता रोकामगरको अन्तिम आवाजमा रहेको गितमा अभिनय गरेकी छिन । मान्छेको जीवनमा यस्ता थुप्रै अकल्पनीय घटना घटिदिन्छ, यस्तै एउटा घटना यहि मङ्सिर ८ गते उनै गायिका शान्ता रोकामगरको मृत्युु भएको थियो ।
असोक केसिको शब्द रचनामा रहेको “सम्बन्ध नै तोडेउ” भन्ने बोलको गितमा उनले केही अगाडि स्वर भरेकी थिइन । उक्त गित बजारमा नआउदै दुर्घटनामा परि उनको ज्यान गएको थियो । सोही गितको म्युजिक भिडियो सार्बजनिक भएको र सोही गितमा उस्तै यथार्त कथाबस्तु समेटिएर निर्देशक सेन्चुरीले म्युजिक भिडियो बनाएका छन । गीत  र गायिका रोकामगरको परिस्थिती उस्तै बन्न पुग्नु एउटा अनौठो रुपमा हेरिएको छ ।
के बाच्थे र म पनि रोएर खान्छु बीस
जाँदै छु मरेर सबन्ध नै तोडेउ
के भलो होला र सम्बन्ध नै तोडेउ
आखाभरी आँसु दिदै किन मलाइ छोडेउ
यस्तै भयो गायिका शान्ताको जीवनमा । यस गितमा ज्वलन्त अभिनय उनै शान्ताको भुमिकामा रहेकी मोडल सपना लामिछानेले गरेकी छन भने गितकार तथा मोडल असोक केसि स्वयं मुख्य भुमिका छन । अर्का मोडल सिताराम सुनार छन । छायांकन रामेश्वर हुमागाइले गरेका छन। उक्त गित स्वर्गीय शान्ता रोकामगरलाई समर्पण गर्दै जेआरसि मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया