स्वर्गीय शान्ताको सम्झनामा असोकको “सम्बन्ध नै तोडेउ” ( भिडियो सहित )

बिजनेसपाटी २३ मंसिर

साङ्गेतिक क्षेत्रमा स्थापित हुदै गरेका कलाकार हुन असोक केसि । करिब एक बर्षको अन्तरालमा थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेका उनी शब्दसर्जक समेत हुन । “म मरेको पल” शब्द लेखन साथै अभिनयबाट पहिलो एल्बम लिएर बजारमा प्रबेश गरेका केसिको अहिले दोस्रो एल्बम “सम्बन्ध नै तोडेउ” शिर्षकको मार्मिक गीत बजारमा सार्बजनिक भैसकेको छ । केसिको यस गीतको शब्द अत्यन्त मार्मिक बियोग भावमा रहेको छ भने सोही शब्द अनुसार यसै गीतको गायिका शान्ता रोकामगरको जीवनसग संयोग बन्न पुग्यो । दुर्भाग्य गायिका शान्ता रोकामगरको सबारी दुर्घटनामा परि मृत्यु हुनगयो ।
घटना र परिस्थिती जे भयो हामीले उनै गायिकाको सम्झना रहने गरि भिडियो निर्माण गरेका छौ र सोही गितबाट सङ्कल रकम उनै गायिका शान्ताको परिवारलाई दिने कुरा यसै गितका मोडल तथा सर्जक असोक केसिले बताउछन । “हामिले धेरै दुखका साथ यो गित सार्बजनिक गरेका हौ। हामी चाहन्थेउ उनी गायिकालाई यसै भिडियोमा देखाउन तर बिडम्बना फरक भैदियो” केसि दुखिद हुँदै भन्छन । यस गितमा उनै शान्ताको भुमिकामा मोडल सपना लामिछानेले ज्वलन्त अभिनय प्रस्तुत गरेकी छन भने मुख्य भुमिकामा स्वयं गितका सर्जक असोक केसि र सिताराम सुनार छन । अहिलेका चर्चित निर्देशक जीवन सेन्चुरीले यसै गितलाई निर्देशन तथा सम्पादन गरेका छन । रामेश्वर हुमागाइले भिडियो छायाङ्कन गरेका हुन । “सम्बन्ध नै तोडेउ” बोलको यस गितलाई जे आर सि मिडियाले बजार ब्यबस्थापन गरेको छ ।

भिडियो हर्न तल क्लिक गर्नुस 

फेसबुकबाट तपाईको प्रतिक्रिया