स्वर्णलक्ष्मी सहकारी १ नं प्रदेशकै उत्कृष्ट

दमक, ७ पुस

प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।

राष्ट्रिय सहकारी बैंकको बिहीबार काठमाडौँमा सम्पन्न १४ औँ वार्षिकोत्सवका अवसरमा स्वर्णलक्ष्मी सहकारीले प्रदेशस्तरीय सम्मान पाएको हो । प्रदेशस्तरीय बचत तथा ऋण सहकारीमध्ये स्वर्णलक्ष्मीले आफ्नो कार्यसम्पादनमा उत्कृष्टता प्राप्त गरेको भन्दै बैंकले सम्मान गरेको स्वर्णलक्ष्मी सहकारीका व्यवस्थापक कमल घिमिरेले जानकारी दिनुभयो ।

उपराष्ट्रपति नन्दकिशोर पुनले संस्थाका अध्यक्ष रवि न्यौपानेलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

दमक–८ स्थित सो सहकारीले जिल्लाको झिलझिलेमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ भने आफ्ना शेयर सदस्यलाई प्रभावकारी सेवा प्रदान गर्न व्यवसायिकतासँगै गुणस्तर सुनिश्चितता कायम गराउन संस्था रुपान्तरित भएको व्यवस्थापक घिमिरेले बताउनुभयो । (रासस)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया