स्वास्थ्यमन्त्री गगनको मोबाइलमा वीर अस्पतालको गनाउने चर्पी..

काठमाडौं १६ भदौ ।  बिहीबार स्वास्थ्यमन्त्री गगन थापाले वीर अस्पतालका निरीक्षण गरेका छन् । त्यसक्रममा उनले अस्पतालका पदाधिकारी र कर्मचारीहरुसँग छलफल गर्दै १०० दिनमा गर्ने सुधारका कार्ययोजना पेश गर्न माग गरे  ।

सो क्रममा मन्त्री थापाले आफ्नो मोबाइलमा एउटा तस्वीर देखाए, फलस्वरुप अस्पतालका कर्मचारी रातोपिरो भए । ‘यो वीर अस्पतालको शौचालयको तस्वीर मलाई एक जनाले पठाउनु भएको फोटो हो’ मोबाइलमा तस्वीर देखाउँदै उनले भने, ‘यो प्रयोग गर्ने हामी कल्पना पनि गर्न सक्दैनौं ।’

अस्पतालका झण्डै २८ प्रतिशत कर्मचारी सरसफाइमा खटिन्छन् । तर, शौचालयको हालत यस्तो देखेपछि स्वास्थ्यमन्त्री थापाले भने, २४ घन्टामा सफा गर्नुस् भनेर म भन्दिन । तर, यसले के इण्डिकेट गर्छ ?’

फेसबुकबाट तपाईको प्रतिक्रिया