स्वास्थ्यमन्त्री गगन थापाले भने -“गोविन्द केसीका माग पूरा गर्छु”।

बिजनेसपाटी १० भदौ

नेपाली कांग्रेसका तर्फबाट आज मात्रै स्वास्थ्य मन्त्रीको शफत लिएका गगन थापाले चिकित्सक डा गोविन्द केसीका मागलाई आफूले सम्बोधन गर्ने बताएका छन्।  स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा मन्त्री थापालाई गोविन्द केसीका माग सम्बोधन गर्ने विषयमा सोधिएको प्रश्नमा थापाले सो बताएका हुन्।

स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि मन्त्री थापाले काम गर्ने बताए । मन्त्री थापाले स्वास्थ्य मन्त्रालय जस्तो गहन जिम्मेवारीलाई निष्ठापूर्वक पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन्।  आफू पनि स्वास्थ्य क्षेत्रसँग जोडिएर आएको व्यक्ति भएकाले पनि अहिले भइरहेको स्वास्थ्य क्षेत्रको सुधारका लागि भएको सामाजिक आन्दोलनलाई आफूले सम्बोधन गर्ने र स्वास्थ्य क्षेत्रका मुद्धाहरूलाई सम्बोधन गर्दै जाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।  उनले उच्च नैतिकताका साथ काम गर्ने समेत बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया