हकप्रदका लागी मेगा बैंकलाई अन्तिम स्वीकृति

बिजनेसपाटी सम्बाददाता, काठमाडौँ २ श्रावण

राष्ट्र बैंकले भने बमोजिम पुजी पुयाउने योजना अनुसार मेगा बैंकले हकप्रद निष्काशनका लागी  धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएको छ। बैंकले साउन १० गते  २५ प्रतिशत हकप्रद निष्काशन गर्नका लागी शेयर धनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ। २०७३ साउन ९ गतेसम्म कायम शेयरधनीले मात्र २५ प्रतिशत हकप्रदका लागी आवेदन दिन पाउने बताइएको छन। मेगा बैंकको ५औ साधारणसभाले २५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव गरेको हो । हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ४ अर्ब ५ करोड रुपैयाँ पुग्ने छ।  पश्चिमान्चललाई गाभेपछी बैंकले देशभर ४४ वटा शाखा, ४५ वटा एटीएम, ५३ वटा अत्याधुनिक शाखारहित बैंकिङ मार्फत ग्राहकहरुलाई बैंकिंग सेवा प्रदान गर्दै आएको छ भने साथै बैंकले १४ सय स्थानबाट मेगा रेमिट सञ्जाल र एक एक्सटेन्सन काउन्टर मार्फत रेमिट सेवा दिदै आएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया