हकप्रदको लागि देवः विकास र्बैंक र एनआईबिएल क्यापिटलबीच सम्झौता

बिजनेसपाटी १६ भाद्र

हकप्रद शेयर निष्काशनको लागि देवः विकास र्बैंक र एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड बीच सम्झौता भएको छ । देवः विकास र्बैंकको १० शेयर बराबर ४ (१०ः४) शेयरको अनुपातमा हकप्रद शेयर निष्काशनका लागि एनआईबिएललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

देवः विकास र्बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठ तथा एनआईबिएल क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले सम्भौतापत्रमा हस्ताक्षर गरेका छन्  । शेयर मूल्य रु १०० अंकित दरको ६५ लाख ३३ हजार १ सय ८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

र्बैंककोे हाल कायम चुक्ता पुँजी रु १ अरर्ब ६३ करोड ३२ लाख ७७ हजार १ सय ४८ रहेकोमा हकप्रद शेयर निष्काशन पछि कुल चुक्ता पुँजी रु २ अरर्ब २८ करोड ६५ लाख ८८ हजार ७ पुग्नेछ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया