हराएको हरायै भयो सात धार्नी चाँदीको मूर्ति

जुम्ला २६ पौष

चन्दननाथ मन्दिरबाट चोरी भएको सात धार्नी चाँदीको दत्तात्रय मूर्ति अझै भेटिएको छैन ।
दत्तात्रय मूर्ति ०२४ मा भक्तजनले चढाएको सिक्का संकलन गरेर निर्माण गरिएको थियो ।

स्थानिय लुटे सुनारसहितका चार जनाले बनाएको सो मूर्ति सबैको आकर्षणको केन्द्र थियो ।
पुजारी ओमकार गिरीको पालामा बनेको त्रिमूर्ति आकारको दत्तात्रय मूर्तिको तीन शिरमा सुनका टोपी थिए ।

मूर्तिमा रहेको चाँदीको मात्रै १२ लाख ४९ हजार ५ सय रुपैयाँ पर्छ ।
सुनको टोपीको मूल्य जोड्दा निकै बहुमूल्य हुने गुठी समितिका अध्यक्ष गौरीनन्द आचार्य बताउँछन् । यो खबर आजको नागरिकमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया