हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिन्छन् ?

काठमाडौं १३ बैशाख

हरेक दिन कति नेपाली इन्टरनेटमा जोडिएलान् ? दुइ चार सय वा हजार ?

सरकारी तथ्यांक अनुसार हरेक दिन ६ हजार भन्दा बढी नेपाली इन्टरनेटमा जोडिने गरेका छन् । आजको नागरिकमा खबर छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआइएस) प्रतिवेदनको तुलनात्कम विश्लेषण गर्दा यस्तो तथ्य आएको हो ।

पछिल्लो दुई प्रतिवेदनलाई आधार मान्दा एक महिनाभित्र नेपालमा कुल १ लाख ८१ हजार ६ सय ८८ इन्टरनेट प्रयोगकर्ता थपिएका छन् ।

एक महिनामा थपिएको इन्टरनेट प्रयोगकर्तालाई दैनिक रुपान्तरण गर्दा हरेक दिन ६ हजार ५६ नेपाली इन्टरनेटमा जोडिएको देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया