हवात्तै बढ्यो सांसदको तलब भत्तामा, हेर्नुस कुन शिर्षकमा कति ?

काठमाडौँ ५ मंसिर

आइतबार बसेको व्यबस्थापिका संसदको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ बहुमतले पारीत गरेको छ । विधयेक पारीत भएसंगै सांसदहरुले मासिक तलब भत्ता एक लाखभन्दा बढी भएको छ । कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठको संशोधनलाई बिधेयकको अङ्ग बनाईएको छ । श्रेष्ठले बैठक भत्ता ५०० बाट बढाएर एक हजार पुर्‍याउन र पैदल भ्रमण भत्ता खारेज गर्न प्रस्ताव गरेका थिए ।

पद्नुस कुन शीर्षकमा कति ?

मासिक पारिश्रमिक: ५५ हजार २ सय ३०

दैनिक बैठक भत्ता : एक हजार

आवास सुविधा : १८ हजार

टेलिफोन तथा पत्रपत्रिका खर्च : ३ हजार

धारा बिजुली खर्च :  २ हजार

अतिथि सत्कार : १ हजार

विशेष भत्ता मासिक : १ हजार

यातायात सुविधा :  एक हजार

भ्रमण भत्ता :  एक दिनको २५ सय

फर्निचर खर्च: बार्षिक १५ हजार

यी बाहेक हरेक सांसदको  १० लाखको यात्रा विमा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया