हाँस्न किन अनाकानी हाँस्दै आउ नब वर्ष (गजल)

हाँस्न किन अनाकानी हाँस्दै आउ नब वर्ष
नयाँ जोश प्रित लिई मन्मा छाउ नब वर्ष

घुम्ति पथ चैन गरि सबैलाई झड्का दिने
त्यस्ता सोच्मा खडेरीले छिट्टै खाउ नब वर्ष

एकता र विश्वासको अग्रगामी चाल चल्दै
विश्वसामु अडिगको गित गाँउ नब वर्ष

सत्ता पाए देशै फेर्ने कसम खाथे हाम्रा आफ्ना
पुगे सत्ता बिर्से कसम लौसम्झाउ नब वर्ष

सत्य ,न्याय पक्ष लाग्ने भाबनाको बिउलाई
केलाउने बचाउने जमात बनाउ नब वर्ष

हाँस्न किन अनाकानी हाँस्दै आउ नब वर्ष
नयाँ जोश प्रित लिई मन्मा छाउ नब वर्ष
सगिता सुवेदी (गौतम)

फेसबुकबाट तपाईको प्रतिक्रिया