हाड जोर्नी तथा नसा रोगले हैरान हुनुहुन्छ ? यसरी गरौ उपचार-डा पौडेल

 

डा रञ्जन पौडेल (पिटी),
रचना हाड जोर्नी तथा नसा उपचार केन्द्र,लगनखेल 

१) रचना हाडजोर्नी तथा नसा उपचार केन्द्र  कस्तो  सस्था  हो  ?
रचना आर्युवेदीक तथा हाडजोर्नी नशा उपचार केन्द्र दुइ बर्ष अघि २०७१ जेठ ७ गते स्थापना भएको हो । यसमा हामिले आर्युवेद र फिजीयोथेरापी दुईवटा पद्धतीलाई समग्र रुपमा लिएर एउटा होलिस्टिक एप्रोचमा ट्रिटमेन्ट गर्ने भनेर उपचारको योजना बनायांै । एउटा मात्र उपचार पद्धतीबाट उपचार गर्न अलिक कठिन हुन्छ । त्यसमा दुई–तीन ओटा पद्धती मिलाउनु पर्ने हुन्छ । त्यो कन्सेप्टलाई लिएर हामीले फिजीयोथेरापी र आर्युवेदीक दुबै संयोजन (कम्बाइन) गरेका हौं । हाम्रो प्रमुख उदेश्य विरामीलाई कुनै ंपनि साइड इफेक्ट नगरिकन सकेसम्म बिना अप्रेशनमै प्रभाबकारी उपचार दिनु नै हो ।
२) रचना आर्युवेदीकले के कस्तो सुबिधाहरु दिदै आएको छ ? rachana11

हाम्रो संस्थामा आर्युवेदीक र फिजीयोथेरापीको सुविधा छ । आर्युवेद सम्बन्धी चिकित्सा परामर्श देखि लिएर फिजीयो, पञ्चकर्म, क्षार सुत्र, शिरोधारा जस्ता सुबिधाहरु हामीले उपलब्ध गरिरहेका छौ । क्षार सुत्र भनेको एउटा सर्जिकल प्रोसोडियो नै हो । यो पायल्स, फेस्टुला भएका बिरामीहरुलाई प्रभावकारी हुनेगर्छ । त्यसको लागि विशेष सुविधा र स्पेशल डक्टर नै आउनुहुन्छ । फिजीयोथेरापीसँग सम्बन्धित जति पनि उपकरणहरु नेपालमा छन् ति सबै उपकरणहरु हामीले राखेका छौ । फिजीयोथेरापीलाई हामीले विभिन्न किसिमले बिभाजीत गर्न सकिन्छ । जस्तो इलेक्ट्रो थेरापी, जसमा चाँहि बिभिन्न उपकरणहरुद्धारा उपचार गरिन्छ । त्यसैगरी म्यानुवाल थेरापी, जसमा विभिन्न किसिमको मोभिलाइजेशन, स्ट्ेचीङ टेक्निकहरु, हातले गर्नुपर्ने बिरामीहरुलाई बिभिन्न किसिमको टेक्निकहरुले उपचार गर्ने गर्छौ । त्यसपछि एक्सरसाइज थेरापी आउँछ । यसमा रोगसँग सम्बन्धित कसरतहरु गराएर ती रोगको दिर्घकालिन उपचारमा हामी जुटेका छौ ।

३) नेपालमा हाडजोर्नी तथा नशा सम्बन्धि विरामीहरुको अवस्था कस्तो रहेको छ ?
अहिलेको हाम्रो जुन लाइफ स्टाइल छ, हामी जुन कृयाकलापहरु गर्छौ, जुन खाने कुरा खाने गर्छौ । त्यसले गर्दा यी रोगहरुको सङख्या धेरै नै बढिरहेको छ । ढाड, गर्दन, कम्बर, घुँडा दुख्ने समस्याहरु अहिलेको मान्छेहरुलाई धेरै नै आइरहेको छ । प्रमुख कारण हाम्रो जिवनशैली, गाडी चलाउने देखि लिएर टेवुल कुर्सीमा बस्ने, कम्प्युटर चलाउने गर्दा ती पार्टहरुलाई धेरै प्रभाव पारेको छ । र, त्यसले गर्दा यी रोगीहरु बढिरहेका छन । त्यसको लागि हामीले उपचार उपलब्ध गराइ रहेकै छौ । त्यसको सँगसँगै हाम्रो के फोकस छ भने यी रोगहरु हुनै नदिने मोडिफिकेसनहरु छन । आफुले काम गर्दाखेरी र खानपिनमा सुधार ल्याउने हो भने यी रोगहरुबाट छुटकारा पाउन सकिन्छ । फोकस दुबैतिर छ । यो रोग ल्याउनै नदिने र आइसकेपछि के सही उपचार हो ? कसरी उपचार गर्ने र आइसकेपछि निको भइसकेपछि, भविष्यमा फर्केर फेरी नआओस भन्ने हो ।

४ )तपाइहरुले खोल्नु भएको आर्युवेदिक उपचार केन्द्र अरुको भन्दा कत्तिको फरक छ ?
यो आर्युवेदिक र फिजीयोथेरापी पियोर रुपमा कम्वाइन्डीङ भएको संस्था भएकोले यस्तो संस्था नेपालमा धेरै नै कम छ । यहाँ हामीले दक्ष आर्युवेदीक डक्टरहरु, फिजीयोथेरापी डक्टरहरु राखेका छौ । यो हाम्रो होलिस्टीक एप्रोच हो ।

५) यहाँ कति जना डक्टरहरु हुनुुहुन्छ त ?rachana11 rachana12
यहाँ अहिले हामीसँग आर्युवेदीक डाक्टर एकजना र फिजीयोथेरापी डक्टर ६ जना हुनुहुन्छ । उहाँहरुको नाम लिँदा डा चन्द्रदिप महतो, डा रन्जन पौडेल, डा मनिशा महर्जन, डा रेजिना श्रेष्ठ, डा सुरेन्द्र र डा सुरज गरी ६ जना हुनुहुन्छ । आर्युवेदमा डा चन्द्र कार्की हुनुहुन्छ । उहाँले क्षार सुत्र प्रविधिमा विशेषज्ञता पनि हासिल गर्नुभएको छ । त्यसपछि अरु हेल्थ एसिस्टेन्स, ल्याव टेक्नीसियनहरु हुनुहुन्छ ।
६ यहाँबाट उपचार गरेर गईसकेका विरामीहरुको के कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
हामीले यस संस्था खोलेको दुई बर्ष जती भयो । यहाँ हामीले प्रतिक्र्रियाहरु धेरै नै राम्रो पाएका छौ । उपचार पाउने व्यक्तिले उपचार पाइसकेको तुरुन्त रेसपोन्स छ । निको भयो, राम्रो भयो त्यो प्लस प्वाइन्ट भयो । अर्को प्लस प्वाइन्ट यहाँबाट उपचार गरेर गइसकेका विरामीहरुले धेरै नै विरामीहरुलाई रिफर गर्नुहुन्छ । नाम लिएर उहाँलाइ निको भएर मलाई पनि पठाउनु भयो भनेर आईरहने धेरै हुनुहुन्छ । यो हिसाबले हेर्ने हो भने यहाँबाट सन्तुष्ट हुनेहरु धेरै नै पाएका छौ ।
७) यो संथाको भावी लक्ष्य उदेश्य के छ ?
सुरुमै भने हाम्रो उदेश्य चाँही होलस्टीक उपचार हो । जसमा दुई तिन ओटा उपचार पद्धतिलाई कम्वाइन्ड गरेर विरामीलाइ के गर्दा ठीक हुन्छ, बिना साइड इफेक्ट, साइड इफेक्टलाइ पनि ध्यान दिनु पर्नेहुन्छ । कतिको जोखिममा हामीले बिरामीलाइ राखिरहेका छौ । बिरामीलाइ रोगबाट के कसरी निको पार्ने र उहाँहरुको जुन नर्मल क्रियाकलापहरु छ, फेरी त्यहाँ कसरी पुर्याउने भन्ने प्रमुख उदेश्य हाम्रो सस्ंथाको रहेको छ ।
८) अत्यमा, बिरामीहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
आफ्नो कुरा राख्न पाएकोमा सर्बप्रथम त बिजनेसपाटी डटकमलाई धन्यबाद दिन चाहन्छु । बिरामीले के मा ध्यान दिनुपर्छ भने रोगलाई सकेसम्म टाढै राख्न खोज्नुपर्छ । यो हाडजोर्नी तथा नसा सम्बन्धी रोगहरु हाम्रो लाइफ स्टाइलसँग सम्बन्धित भएकोले त्यसमा केही मोडीफिकेशनहरु ल्याउनु पर्नेहुन्छ । यदि आफुलाई त्यससँग सम्बन्धीत जानकारी छैन भने सम्बन्धित ठाँउमा गएर बुझौ, जिवनशैलीमा केही मोडीफिकेसन ल्याऔं । यो सल्लाह हाम्रो संस्थामा पनि लिन सक्नुहुन्छ । सल्लाह लिइसकेपछि रोगलाइ ल्याउदै नल्याउँ । यदि रोग लाइसकेको छ भने समयमै उपचार गरांै । सानो रोग छ र अलि अलि मात्र कष्ट दिदैछ भनेर बे–वास्था नगरौ । नियमित योग गरौं, ब्यायाम गरौ र पौष्टिक एवं सन्तुलित आहार खाऔं । अन्यथा पछि उपचार गर्न गाह्रो हुन्छ भन्न चाहन्छु धन्यबाद ।

                                                                                                प्रस्तुति रिसब गौतम 

फेसबुकबाट तपाईको प्रतिक्रिया