विधार्थीको हक अधिकारको निम्ती लड्न तयार छु–सागर भटराई (अन्तर्वार्ता)

सागर भटराई पुर्वी जिल्लाबाट स्कुले तह देखि नै विधार्थी राजनीतिमा होमिएका हुन् । करिव १७ बर्ष देखि नेविसंघको राजनीतिमा सक्रिय उनी विधार्थीहरुमाझ अत्यन्त सहयोगी र मृदुभाषीको रुपमा चिनिन्छन । ०६० सालमा बानेश्वर क्याम्पसको स्ववियु सभापती भइ २ बर्ष चलाएका उनी ०६५ सालतिर मिनभवन क्याम्पसमा स्ववियु कोषाध्यषको उमेदवार थिए । तर थोरै मतले उनले हार ब्यहोर्नु प¥यो । ०६२–०६३को जनआन्दोलनमा महिनौसम्म जेल परेका उनी राजनीतिको माध्यमबाट समाज र देशको सेवा गर्न चाहन्छन । त्यसकारण उनी निरन्तर राजनीतिमा छन । उनीसँग विजनेसपाटी डटकमले गरेको कुराकानीको सारसंक्षेप ।

सागर भटराई, सह–महामन्त्रीको उमेदबार (आधिकारीक सस्थापन प्यानलबाट )

१) नेविसंघको महाधिबेशन नजिकिएको छ । तपाइ सह–महामन्त्रीको उमेदवार हुनु भएको छ । तयारी कस्तो हुदैछ त ?
हामि अहिले देश दौडाहाको अभियानमा लागेका छौ । झण्डै एक दशकसम्म अधिबेशन भएको थिएन । अधिबेशनमा धेरै जाम भइसकेको थियो । वास्तम्बमा नेविसंघ भनेको सुरुको समयमा जब स्थापना भयो । त्यतिखेर यसले काङगे्रस जन्मायो । हाम्रो पहिलो नेपाल विधार्थी संघको अध्यक्ष विपिन कोइराला हुनुहुन्छ सिन्धुलीको । दोश्रो अहिलेको पार्टी सभापती शेरबहादुर देउवा हुनुहुन्छ । उहाँहरुको पुस्ता देखि लिएर निरन्तरता दिँदै नेविसंघले वास्तम्बमा काङग्रेस जन्माएको हो । यो दौडानमा नेविसंघको अधिबेशन हुदै नहुँदाको अवस्थामा प्रोप्रर रुपले नेपाल विधार्थी संघ भनेर लाग्ने विधार्थीहरु छैनन । कोही जिल्ला सभापती नै हुन आँटीसके, कोही क्षेत्रीय सभापती पनि छन । त्यो उहाँहरु र हामी सबैलाई थाहा छ । अहिले हामी देश दौडानको निम्ती निस्किएका छौ । भर्खरै मैले १८ ओटा जिल्ला सकेर आइसकेको छौ । म लगायत हाम्रो टिम गएको थियो । हाम्रो मनोजमणी आचार्य दाइ, नविन राई, महामन्त्री प्रतिभा गौतम दिदी, लेखनाथ न्यौपाने, दिपक भण्डारी यो किसिमको टोलीसँग हामी पुर्व पश्चिम गरिरहेका छौ । १४ गते देखि १८ गतेसम्म गोर्खा देखि पश्चिम धनगढीसम्म, महेन्द्रनगर कञ्चनपुरसम्म पुगिरहेका छौ । त्यहाँका डेडिकेटेट साथीहरुसँग गुनासो के छन बुझ्दैछौ । sagar

२) तपाइ र तपाइको प्यानलले विधार्थीहरुको हकहीतका लागि के कस्ता एजेण्डा तय गर्नु भएको छ ?
मेरो एजेण्डा भन्नु नै सिङगो नेविसंघको एजेण्डा हो । अधिबेशन हुनै लाग्दाको यो अवस्थामा अधिबेशन भयो भने नेपाल विधार्थी संघमा हामी जित्छौ । अधिबेशन भएन भने नेविसंघ हार्छ । भोली अधबेशन हुदै गर्दाको अवस्थामा मैले हार्दा व्यक्तिगत हिसावले हार्ने भएँ । तर समग्रमा नेविसंघको जीत हुन्छ । अधिबेशन हुनु नै ठुलो कुरा हो । हामी आन्तरिक प्रजातन्त्र भित्रको लडाँइमा छौ । हाम्रा विधार्थीका शैक्षिक हकहीतका एजेण्डाहरु बेग्लै पाटामा छन । त्यो उठान गर्न नेविसंघले पाएकै छैन । विभिन्न संघ संगठनहरुको सबैको भइरहेको छ । हाम्रो कुनै पनि अधिबेशन नभएको कारणले गर्दा यर्थात रुपमा विधार्थीको हकहीतको निम्ती हामीले जुन एजेण्डा लिएर अघि बढनु पर्ने हो । त्यो गर्न सकेका छैनौ । अहिले हामी विशुद्ध रुपमा आन्तरिक प्रजातन्त्रको खोजीमा नेविसंघको अधिबेशन गरौं । र, प्रत्येक प्रतिनिधिहरुलाई भोट हाल्ने अधिकार दिलाउँ भन्नेमा नै हामी केन्द्रित हुनु परेको छ । अब शैक्षिक मापदण्डमा भन्नुपर्दा नेपालको शैक्षिक वितरण धेरै नै नराम्रो प्रणालीमा गएको छ । काठमाण्डौमा साना केटाकेटीहरु पढ्दा मन्टेश्वरी पढछन । गाँउमा पढदाखेरी हामी ४ कक्षा देखि अंग्रेजी पढछौ । अहिले पनि त्यो खालको असमझता छ । मेरो विचार के छ भने सडकमा हिँडने बालबालिका देखि लिएर दुर दराजमा बस्ने केटाकेटीको बाल मनोविज्ञानमा आधारित शिक्षा लागु हुनुपर्छ । त्यो नेपाल सरकारले नै गराउँनु पर्छ । स्कुल कलेजहरु खुल्ला मापदण्डमा गएपनि जबसम्म नेपाल सरकारले सर्बसुलभ किसिमको काम गर्न सक्दैन । तबसम्म शिक्षा क्षेत्रको आबश्यक विकास पनि हुनै सक्दैन । जब सामाजिक चेतना बृद्धि हुदैन । देशको विकास पनि सम्भव हुदैन । देश विकास गर्नका लागि भएपनि नेपालको शिक्षा नीति राम्रो र प्रभावकारी एवं सर्बसुलभ हुनुपर्छ । गुणस्तरीय शिक्षा सबैको पहुँचमा हुनुपर्छ भन्ने मेरो सोच छ । र, मेरो टीमको पनि यहीँ सोच छ । हामी सेमेष्टर प्रणालीमा गएका छौ । सेमेष्टर प्रणलीमा कस्तो भयो भने एकैचोटी ह्वात्तै लादियो । जसले गर्दा समेष्टर प्रणाली पनि अहिले सफल भइरहेको छैन । त्रिवीले क्यलेण्डर निकाल्यो । स्ववीयुको निर्वाचन भइरहेको छैन । एउटा परिक्षा दियो एक बर्षसम्म त्यसको नतिजा कुर्नुपर्छ । हामी रेगुलर पढ्दा पनि ब्याचलर पढन ४ बर्ष लाग्छ ।dau

३) तपाइले भनेको जस्तो एजेण्डा हिजोको दिनहरुमा अरुले पनि अघि सारेकै हुन् । साथीहरुले निर्वाचन जितेर आएकै हुन तर परिवर्तन त देखिएन नी ? तपाइहरु कसरी परिवर्तन गर्नुहुन्छ ?
पहिलाकाले गरेरनन् पहिलाका गोरुले दाँइमात्र गर्ने गरे । तर हामी केही राखेर त्यो दाँइबाट उपलब्धी गर्नेमा छौ । अरु विधार्थी संगठनहरुले के गर्छन कसो गर्छन तपाइहरुले पनि देखेकै कुरा हो । शैक्षिक नीतिलाई छुटटै पाटामा छोडेर कसरी हुन्छ अर्थ संकलन तिर उहाँहरु लाग्नु भएको छ । तर विशुद्ध रुपमा नेविसंघको अधिबेशन हुदै गर्दा रञ्जित कर्ण अध्यक्ष हुनुहुन्छ । प्रदिप पौडेलाई जुन दिन राजिनामा मागियो । राजिनामा मागिसकेपछी एउटा मनोनयन किसिमको पद्धती भैरहेको छ । यसले गर्दा सही तरिकाको विधार्थी नेता निस्किएन । यसो हुँदा विधार्थीको एजेण्डा छुट्टै भयो, उहाँहरुको एजेण्डा टुट्टै भयो । हामी शैक्षिक अवस्थामा त त्यस्तो लागेर काम गर्न सकेकै छैनौ । अव आउने कमिटी मनोजमणीको टीम बनेर आउँदै गरेको टीममा हामी शैक्षिक एजेण्डालाई पहिलो प्राथमिकता दिन्छौ । अनि संगठन भनेको दोश्रो प्राथमिकता हो ।
४) यस अघि ८ चोटीसम्म महाधिबेशन रोकिएको अवस्था छ । यो पाली चाँही हुन्छ नै भन्ने के छ ?
यसपाली किन हुन्छ भने अहिले हाम्रो जुन पार्टी सभापती हुनुहुन्छ । उहाँ आफै स्वयम नेविसंघको केन्द्रिय अध्यक्ष भएर आउनु भएको हो । २६ बर्षको अन्तरालमा १३ पटक महाधिबेशन हुनु पर्ने हो । त्यो भएको छैन । प्रदिप पौडेलले राजिनामा दिइसकेपछी जुन हामी समझदारी प्रथामा गयौ । रञ्जित कर्णकै पालामा यो स्थगीत हुँदा यो ८ औ चोटी हुन्छ । अहिले जुन निर्देशक समिति गठन गरेको छ । माननीय प्रकाशशरण महतज्युको अध्यक्षतामा । पहिले किशोरसिंह राठोर दाइ पनि अध्यक्ष हुनुहुन्थ्यो । त्यस्तै गुरु भटराइ, प्रदिप पौडेल पनि त्यस्तै हो । उहाँहरु नेत्रित्वमा आइसकेपछी उहाँहरुले पनि चुनाव गराउन सक्नु भएन भने उहाँहरुको प्रतिष्ठामा पनि धब्बा लाग्नेछ । दोश्रो कुरा यदी नेपाली काङग्रेसको पार्टी सभापती स्वयम दोश्रो लटको नेविसंघको अध्यक्ष भइसकेको व्यक्तिले पनि महाधिबेशन गराउन सक्नु भएन भने नेपाली काङग्रेसले नै नेविसंघ छैन कोल्याप्स भनिदिनुप¥यो । यदी विधान र विधिसम्मत हो भने उहाँहरुले अधिबेशन गर्नु नै पर्ने हुन्छ । यो सम्पुर्ण नेविसंघका विधार्थीहरुको माग हो । हाम्रो अधिकार पनि हो । हाम्रो अधिकार पार्टीले कुण्ठित गर्न मिल्दैन । र,जहाँसम्म लाग्छ यसपाली नेविसंघको महाधिबेशन हुन्छ । यो हाम्रो विश्वास हो ।

५) कतिओटा प्यानल निर्वाचनमा सहभागी हुदैछ ?
न्ोपाली काङग्रेस भित्र पनि विभिन्न गुट उपगुटले ब्याप्त छ । धेरै बर्ष देखि महाधिबेशन भएको छैन । धेरै नै प्रजातान्त्रिक पार्टी हो यो । अब कसैले कसैलाई रोक्न सक्दैन । आफै मपाइ छ यहाँ । अध्यक्षकै लागि १० जना जति हुनुहुन्छ । कोही बार्गेनिङको लागि गर्दै हुनुहुन्छ । हामी चाँही सस्थापनको लाइनबाट गइरहेका छौ । लामो समय भएपछि पार्टीको चासो बढयो । आफनो लाइनको नेविसंघ भएन भने जिल्लामा काम गर्न, क्षेत्रमा काम गर्न सजिलो भएन । क्षेत्रमा भोली झोला बोकेर हिँडने कार्यकर्ता भनेको नेविसंघ हो । तर नेविसंघको अधिबेशन भएको छैन । त्यसैले कसैले कसैलाई त च्यापेको छ । समातेको छ । त्यसले गर्दा धेरै गुट उपगुट निस्किएका छन ।

६) बहिर त नेविसंघ चुनाव आए मात्र तात्छ । विधार्थीको हक हीतमा लड्दैन भन्छन नी ?
वस्तम्बमा यो सही कुरा हो । लाग्नु पर्ने आक्षेप पनि हो । तपाइको के छ भने टिका लगाएर आफनो भलाकुशारी गर्ने, जुत्ता पोलिस गर्ने, खाना ल्याउने, शाला शाली छोरा छोरी इष्टमित्र आदिलाई नेपाल विधार्थीको एजेण्ड बनाएर राखिएको छ । अनि यिनीहरुले गर्ने काम गुण्डागर्दी, चन्दा असुली मात्रै हो । यीनीहरुले अरु केही गर्ने हैसियत नै राख्दैनन । यिनीहरुलाई विधार्थीको कमिटिको बारेमा थाहै छैन । विधार्थीमाझबाट यी आएकै होइनन् । यिनलाई जिल्लाबारे थाहा छैन । विधार्थीको मागबारे थाहा छैन । यिनीहरु अब दोश्रो जनआन्दोलनमै सहभागी थिएनन । विधार्थीको नम्सबारे नै थाहा नभएकाहरुलाई नेविसंघबारेमै थाहा छैन । त्यसले गर्दा विकृति फैलिएको हो ।

७) ब्यक्तिगत रुपमा भन्दा तपाइ चाँही विजयी हुनु भयो भने विधार्थीको हकहीतको लागि के गर्नुहुन्छ ?
मैले विधार्थीको लागि काम गर्ने हो । जुन स्वत संगठनको लागि हुन्छ । किनकी म ब्यक्ति होइन । म विधि र विधिसम्मत आइसकेपछी मैले काम गर्ने विधार्थीकै लागि हो । विधार्थीको हक हीत र समस्याहरु धेरै छन । अब तपाइ काठमाण्डौमा पढनुहुन्छ, म पनि पढछु । काठमाण्डौमा पढनु नै ठुलो कुरा होइन । तपाइ हाम्रो धेरै पैसा बाहरिएको छ । के हामी नेपाल मै गुणस्तरीय शिक्षा दिन सक्दैनौ र ? सक्छौ नी । त्यसकारण म र मेरो संगठन, मेरो टीम विधार्थीको हकहीतको लागि, गुणस्तरीय शिक्षाको लागि लडनेछ । हामीलाइ अधिबेशन मार्फत जिताएर विधार्थीको हक अधिकारको निम्ती लड्न पनि सागर भटराइको समुहलाई एउटा अवसर दिन हामी आग्रह गछौ । तपाईको यस विजनेसपाटी अनलाइनले मेरो लागि आफना कुरा राख्ने यो अवसरे दिएकोमा धेरै धन्यबाद छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया