हाम्रो विकास बैंकका सेवाग्राहीलाई निःशुल्क ‘भिडियो कल’ सुविधा

नुवाकोट २२ अशोज
हाम्रो विकास बैंकले दुई शाखा कार्यालय सञ्चालनसँगै सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग निःशुल्क ‘भिडियो कल’को सुविधा उपलब्ध गराएको छ । नुवाकोटमा कार्यक्षेत्र बनाएर सेवा पु¥याउँदै आएको बैंकले जिल्लाको समुद्रटारमा सातौं र देउरालीमा आठांै शाखा सञ्चालनमा ल्याउँदै सेवाग्राहीलाई विदेशमा रहेका आफन्तसँग भिडियो कल सुविधा सञ्चालनमा ल्याएको हो ।

जिल्लाको दुर्गम क्षेत्रमा पर्ने उक्त दुई स्थानबाट बैदेसिक रोजगारमा जाने युवाहरूको संख्या धेरै भए पनि इन्टरनेट सुविधा सहज नहँुदा आफन्तसँग कुरा गर्न बेर्होदै आएको कठिनाइ महसुस गरी निःशुल्क भिडियो कलको व्यवस्था मिलाएको बैंकका प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेलले जानकारी दिए । “बैंकले निक्षेप संकलन, कर्जा लगानी र रेमिट्यान्स सुविधालाई प्रथामिकतामा दिएर सेवा पु¥याउन सुरु गरेका छौं ।” कँडेलले भने, “रेमिट्यान्स कारोबार सहज बनाउन आफन्तसँग कुरा भएमा प्रभावकारी हुने ठानेर सेवा सञ्चालनमा ल्याएका हौं ।”

बैंकले यही असोज ७ गते सातौं शाखा दुप्चेश्वर गाउँपालिकाको समुद्रटारमा र असोज ८ गते आठौं शाखा मेघाङ गाउँपालिकाको देउरालीमा सुरु गरेको हो । शाखा सञ्चालनमा ल्याइसँगै बैंकले ग्रामीण जनताको आर्थिकस्तरको विकास र सर्वसाधारण जनताको समेत बैंकमा पहुँच पु¥याउने लक्ष्यअनुसार सेवा विस्तार गरेको जनाएको छ । नेपाल सरकारले ‘एक व्यक्ति, एक खाताको नीति’ अवलम्बन गरेकाले हाम्रो विकास बैंकले पु¥याएको सुविधाको फाइदा उठाउँदै त्यसको लाभ लिन बैंकले आग्रह गरेको छ ।

बट्टारमा केन्द्रीय कार्यालय रहेको बैंकले यसअघि छहरे, रातमाटे, त्रिशूली, रानीपौवामा शाखा कार्यालय र सामरीमा एक्स्टेन्सन काउण्टरबाट बित्तिय सेवा प्रदान गर्दै आएको थियो ।
बैंकको निक्षेप संकलन १ अर्ब २५ करोड रुपैयाँ, कर्जा लगानी १ अर्ब २० करोड रुपैयाँ छ । कुल चुक्ता पुँजी ५० करोड रुपैयाँ पुगिसकेकाले अन्य बैंकसँग मर्जमा नगरी एकल सञ्चाल गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया