हावाबाट विद्युत् निकाल्ने ओली सरकारको प्रस्ताव खारेजी
काठमाडौं, १९ भदौ, ।
निबर्तमान प्रधानमन्त्री केपी ओली सरकारको पालामा निकै चर्चामा रहेको हावाबाट बिजुली निकाल्ने योजना लगानी बोर्डले अस्वीकृत गरेको छ । कुनै अध्ययन नभएको लगानीमा समस्या र प्रस्तावसमेत चित्त बुझ्दो नभएकाले प्रस्ताव रद्द गरिएको लगानी बोर्डका सीइओ महाप्रसाद अधिकारीले बताए ।
बेलायतमा बस्ने एक दम्पत्तिको कम्पनी द गुर्खाज युकेले हावाबाट बिद्युत् निकाल्ने प्रस्ताव गरेपछि ३ हजार मेगावाट विद्युत् निकाल्ने भन्दै बोर्डले प्रारम्भिक स्वीकृति दिएको थियो ।
तर, उक्त कम्पनीको अधिकृत पूँजी एकदमै न्यून रहेको र प्राविधिक रुपमासमेत कमजोर देखिएका कारण प्रस्ताव खारेज गरिएको बोर्डले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया