हिजोको प्रचण्डका विचार र वर्तमानमा उनले अंगालेको बाटो

नन्दलाल खरेल

मुलुकले ६६ औ दिनको लकडाउनको सामना गरिरहँदा यो पङ्तिकारको आफ्नै घरको ¥याकमा २०५५ साल फागनु १ गते उत्पे्ररक प्रकाशन काठमाण्डौले प्रकाशन गरेको विद्यमान राज्यसत्ता र नेपाली जनताको भविष्य नामक पुस्तकमा आँखा प¥यो । यो पुस्तक क.प्रचण्डका छानिएका अन्तर्वाताहरुको संगालो रहेछ । यो पुस्तक मलाई द्धन्द्धकालिन समय २०५५ सालमै छापिएको केहि महिनामा हात परेको थियो । एकजना मेरा नजिकका आफन्त चन्द्र उप्रेतीबाट । त्यसबेला यो पङ्तिकार २५ वर्षका थिए । त्यो पुस्तक (अन्तर्वार्ताको संङ्गालो) लुकाई लुकाई पढ्नु पर्ने अवस्था थियो । त्यस वेला यो पुस्तक पढ्दा आङ्जिरिङ्ग हुन्थ्यो । प्रचण्डलाई जनताको नेताको रुपमा हेरिन्थ्यो÷लिइन्थ्यो । उनकै नेतृत्वमा मुलुकले मुक्ति पाउँछ भन्ने विश्वास गरिएको थियो । त्यतिमात्र होइन उनकै नेतृत्वमा मुलुक जनवाद, समाजवाद हुँदै साम्यवाद सम्म पु¥याउँछन् भन्ने लाग्दथ्यो । तर आज प्रचण्डको हर्कत, जिवनशैली संसदीय सत्ता लिप्सा हेर्दा घृणा लागेर आउँछ । आजको पुस्तालाई प्रचण्डको वारेमा अर्थात हिजो उनले उठाएका मुद्दाहरु र आज उनले लिएको बाटोको फरक (अन्तर) थाहा पाउन भन्ने हेतुले यस संङ्लोलाका महत्वपूर्ण अन्तर्वाताका अंशहरु जस्ताको तस्तै राख्ने प्रयत्न गरेको छु ।

१.वर्तमान राजनीतिक परिस्थितिको के–कस्तो मूल्यांकन गर्नु भएको छ ?
आज प्रतिक्रियावादी राज्यसत्ताले देश र जनतालाई विनासको भुमरीमा पु¥याइसकेको छ । आर्थिक, राजनैतिक र सांस्कृतिक हरेक दृष्टिले प्रतिक्रियावादी सत्ता आफै चरम संकटको स्थितिमा छ । अभाव, महंगी र भ्रष्टाचारले जनजीवन अस्तव्यस्त छ । हत्या,लूट र राज्यआतंकले जनजीवन भयाक्रान्त छ । अन्यौल र आशंकाले जनजीवन सन्त्रासपूर्ण छ ।
वर्तमान परिस्थितिको सबैभन्दा भयानक पक्ष भनेको देशका प्रमुख संसदीय गुटहरु भारतीय र अमेरिकी जासुसहरुको हातको खेलौनामा नांगो रुपले परिणत हुनु हो । आज प्रत्येक प्रतिक्रियावादी र संशोधनवादी गुटहरुमा विकास भएको वैचारिक विकृति, फुट, विघटन र सत्ताको लुछाचुडीका पछाडि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको हात रहेको तथ्य सबैका सामु छर्लग भएको छ । यसरी प्रतिक्रियावादी सत्ता जति–जति विकृति, विनास र संकटको स्थितिमा फस्दै गएको छ, त्यो देश र जनताका विरुद्ध त्यति–त्यति निरंकुश र फाशिष्ट बन्दै गएको छ । यो वर्तमान परिस्थितिको अंध्यारो पक्ष हो ।

उपरोक्त प्रकारका तमाम विकृति र संकटका विरुद्ध, देश र जनताको मुक्तिका निमित्त बैचारिक निष्ठा, त्याग, तपस्या र बलिदानका बीच जनयुद्धको माध्यमबाट नयाँ जनवादी नेपालको जन्म भइरहेको छ, यो वर्तमान परिस्थितिको उज्यालो पक्ष हो । आज यो महान् क्रान्तिकारी विकल्पलाई विकास हुन नदिन सामन्तवाद र साम्राज्यवादले भीषण दमन र षडयन्त्रको चक्रब्यहू रचिरहेको छ । सामन्तवाद र साम्राज्यवाद विरोधी सम्पूर्ण नेपाली जनता एकजुट भएर त्यो चक्रव्यूह तोड्दै जनयुद्धलाई अर्को नयाँ उचाईमा उठाउनु बाहेक देशका अगाडि अर्को विकल्प छैन ।

२. एमाले गुटले सत्तामा आउने वित्तिकै जनयुद्धलाई राजनैतिक रुपले हेर्ने र बार्ताद्धारा समस्या समाधान गर्ने कुरा बताएको थियो, तर अहिले उसले जनयुद्धलाई आतंककारी गतिविधि भन्न थालेको छ र त्यसका विरुद्धमा कथित आतंकवाद विरोधी विधेयक ल्याउने र शाही सेना परिचालन गर्ने तयारी गरिरहेको बुझिन्छ । यसलाई पार्टीले कसरी हेरिरहेको छ ? वस्तुतः यो एमाले गुटको राजनैतिक, अनैतिकता र प्रतिकृयावादीकरणको पराकाष्ठाको परिणाम हो । घटनाक्रमले के सावित गरेको छ भने हिजो एमाले गुटले जनयुद्धलाई राजनैतिक समस्या भन्नु र वार्ताद्धारा समस्या समाधानको कुरा गर्नु भित्र एक गम्भीर षडयन्त्र रहेको थियो । त्यो षडयन्त्रका पछाडिको मुख्य रणनीति जन समुदायलाई भ्रम दिने र जनयुद्धका विरुद्ध भयानक दमनका निमित्त आधार तयार पार्नु थियो । यसका साथै तात्कालिक रुपमा राजनैतिक समस्या र वार्ताको कुरा गर्नुका पछाडि माओवादी जनयुद्धको लोकप्रियताबाट फाइदा उठाई स्थानीय कथित निर्वाचन कब्जा गर्नु पनि रहेको थियो । त्यसकारण आज उसले वस्तु स्थितिमा विना कुनै परिवर्तन राजनैतिक समस्यालाई आतंकवाद र वार्ताको कुरालाई सेना परिचालन द्धारा प्रतिस्थापन गर्दैछ ।
प्रतिकृयावादमा पतन भएर प्रतिगामी सामन्ती तत्वहरुको दलालीद्धारा सत्ताको कलो खाने स्तरमा गिरेका तत्वहरुबाट यसप्रकारको अनैतिकता र निष्कृष्टता अस्वभाविक छैन । मुख्य कुरा त, उनीहरुको त्यस प्रकारको प्रतिगामी चरित्रको जनसमुदायमा अझ व्यापक र तीब्र रुपमा भण्डाफोर गर्नु हो । आजको विश्वमा प्रतिकृयावादमा पतन भएका संशोधनवादीहरुलाई क्रान्तिकारी आन्दोलनका विरुद्ध प्रयोग गर्नु साम्राज्यवादको आम नीति भइरहेको छ । नेपालमा एमाले गुट सामन्तवाद र साम्राज्यवादको त्यही साम्राज्यवादको आम नीति भइरहेको छ । नेपालमा एमाले गुट सामन्तवाद र साम्राज्यवादको त्यही षडयन्त्रको गोटीका रुपमा प्रयोग भइरहेको छ ।
जहाँसम्म जनयुद्धका विरुद्ध कथित आतंकवादी विरोधी ऐन र सेना परिचालनको कुरा छ, त्यसलाई हाम्रो पार्टीले वस्तुतः जनयुद्धको विकास र विजयको परिणाम मान्दछ । सेना परिचालन र काला कानूनहरुको निर्माणले क्रान्तिको ऐतिहासिक धारालाई रोक्न सक्ने छैन बरु, त्यसले अन्ततः क्रान्तिलाई अझ प्रज्वलित पारेर सिंगो प्रतिकृयावादी सत्ताको पूर्ण ध्वंसको प्रक्रियालाई तीब्र पार्नेछ । हाम्रो काम माक्र्सवाद लेनिनवाद माओवादका अपराजेय क्रान्तिकारी सिद्धान्तमा अझ दृढरहनु, जनसमुदायसँग अझ घनिष्ट सम्बन्ध कायम गर्नु तथा फौजी रुपले दुश्मनको सेनासँग लड्ने रणनीति र कार्यनीतिहरुको विकास गर्नु हो । महान् जनयुद्धको ऐतिहासिक पहल सँगै र विशेष रुपले तेस्रो योजनाको विकास, ठिक यसै समस्यामा केन्द्रित रहेर पार्टीले गरिसकेको छ, बाँकी कुरा त युद्ध मोर्चामा नै फैसला हुनेछ ।
३.मुलुकमा आएको २०४६ को परिवर्तनलाई हेर्ने दृष्टिकोण के हो र त्यसपछि हुँदै आएको राजनीतिक एवं अन्य विषयको विकासक्रमलाई कसरी मूल्यांकन गर्दै हुनुहुन्छ ?
२०४६ सालको जनआन्दोलनलाई हामी उच्च मूल्यांकन गर्दछौं । २०४६ सालको ऐतिमासिक जनआन्दोलनको उत्कर्ष चैत २४ का दिन नेपाली जनताको अद्धितीय पहलकदमीमा सामन्ती राजतन्त्रका विरुद्ध गणतान्त्रिक भावनाद्धारा ओतप्रोत थियो । तर साम्राज्यवादको निर्देशनमा राजा, कांग्रेस र कथित वाम गठबन्धनद्धारा राजतन्त्रात्मक हिंजडा संसदीय व्यवस्था कायम गरी जनताको त्यो महान भावना, आकांक्षा, पहल र इतिहासको आवश्यकताका विरुद्ध धोखा भएको थियो । निर्दलीय पञ्चायती तानशाहीका तुलनामा एक कदम अगाडि भए पनि यो हिंजडा संसदीय व्यवस्था जनआन्दोलनको भावना र इतिहासको आवश्यकताको तुलनामा एक गम्भीर षडयन्त्र तथा धोखा थियो र हामीले यो कुरा त्यतिबेलै स्पष्ट गर्ने प्रयत्न गरेका थियौं । हामीलाई राम्रोसँग थाहा थियो त्यो कथित परिवर्तनबाट जनताका राष्टियता, जनतन्त्र एवं जनजीवीकाका समस्याहरु झन् विकराल बन्दै जानेछन् । आज ७ वर्षको अवधिमा राष्टघात, जनहत्या, भ्रष्टाचार, महंगी र बेरोजगारीको चरम बृद्धिले त्यो कुराको पुष्टि गरेको छ । हिंजडा संसदीय व्यवस्थामा चलिरहेको घृणित र फोहोरी खेलले तथा आर्थिक, राजनीतिक एवं सांस्कृतिक रुपमा देश आज भयानक संकटमा परिरहेको यथार्थले ०४६ सालको जनआन्दोलनको उपहास भइरहेको छ । राजा, कांग्रेस बाम गठबन्धन एक धोखा थियो भन्ने तथ्य दिनको घाम झै छर्लग भएको छ । आजको हाम्रो आन्दोलन आप्mनो सारतत्वमा २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा अभिव्यक्त सामन्तवाद र साम्राज्यवाद विरोधी जनभावना र आकांक्षा कै विकसित रुप हो । सामन्तवाद र साम्राज्यवादको दुश्चक्रबाट नेपाली जनता मुक्त नहुँदासम्म यो आन्दोलन अगाडि वढिरहने छ ।
४.नेकपा माओवादीभित्र वर्तमान जनयुद्धको रणनीतिलाई लिएर विवाद चर्केको छ र एउटा पक्ष सशस्त्र आन्दोलनको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन इच्छुक छ भनिन्छ नि ?
यो सम्पूर्ण रुपले निराधार हल्ला हो । जनयुद्धको ऐतिहासिक पहलपश्चात हाम्रो पार्टीमा विचार संकल्पगत एकताको अभूतपूर्व स्थितिको विकास भएको छ । सशस्त्र आन्दोलनको बाटोका बारेमा अहिलेसम्म पार्टीमा कतैबाट कुनै तर्क समेत आएको छैन । हाम्रो पार्टीमा विवादको निराधार हल्ला संसदीय फोहोरी गुटहरुको जनयुद्धका पक्षमा बढ्दै गएको जनमतलाई भ्रमित पर्ने षडयन्त्रमूलक मनको उपज मात्र हो ।

५.नेकपा (माओवादी)को यो लडाई कसरी नौलो जनवादी व्यवस्थासम्म पुग्छ ? स्पष्ट पारिदिनु हुन्छ ?
सैन्य दृष्टिले रणनैतिक रक्षा,सन्तुलन र आक्रमणको तीन चरण भएर यो पूरा हुनेछ । रणनैतिक आक्रमणको अन्तिम अवस्थामा सशस्त्र विद्रोहद्धारा केन्द्रित सत्ता कब्जा गरिने छ । सशस्त्र संघर्षलाई प्रधान बनाई जनसंघर्षका विविध रुपहरुलाई निरन्तर अगाडि बढाइने छ ।राजनीतिक दृष्टिले संघर्षको विकास अनुसार स्थानीय तहबाट जनवादी सत्तामा सत्ता खडा गर्दै जनतालाई नयाँ सत्ता सञ्चालनको अभ्यास गराउँदै लगेर केन्द्रिय सत्ता कब्जा गर्न सञ्चालन गर्न योग्य बनाइने छ । नेपालको एतिहासिक विशिष्टता अनुसार नयाँ सत्तामा मजदुरदेखि राष्ट्रिय पुँजीपति वर्गसम्म तथा हिन्दु उच्च जातीय उत्पीडनमा रहेका उत्पीडित जाति जनजाति एवं क्षेत्रीय उत्पीडनमा परेका जनताको समुचित प्रतिनिधित्व सुनिश्चित गरिने छ । जातीय स्वशासन सहित उपरोक्त वर्ग र समुदायको संयुक्त जनवादी अधिनायकत्वको राज्य व्यवस्था कायम गर्ने प्रक्रिया स्थानीय तहबाट नै आरम्भ गरी केन्द्रसम्म पु¥याइने छ । यसरी देशको जनसंख्याको ९५ प्रतिशत भन्दा बढीका संख्यामा रहेका शोषित पीडित जनताको सिर्जना र पहलकदमीको ढोका खोलेर नौलो जनवादी व्यवस्थाको स्थापना गरिने छ । इतिहासको यो आवश्यकतालाई संसारको कुनै पनि शक्तिले रोक्न सक्ने छैन । नौलो जनवादी व्यवस्था कायम भइछाड्ने छ ।
६.तपाईहरुको जनयुद्ध के का विरुद्ध केन्द्रित हो ? वर्तमान राजकीय ढाँचा र शासन व्यवस्थाप्रति कि, सीमित गाउँका आप्mना विरोधीहरुप्रति ?
यो प्रश्नको उत्तर पहिलो प्रश्न मै गइसकेको छ । फेरि पनि हाम्रो लडाई करिब २०० वर्ष पुरानो सामान्तवाद र साम्राज्यवादको गठबन्धनमा आधारित राज्यसत्ताको संरचनालाई ध्वस्त पारी त्यसको ठाउँमा जनवादी गणतन्त्रको स्थापना गर्ने कुरामा केन्द्रित छ । यो लामो अवधिमा विभिन्न नाम र रुपका शासन व्यवस्था फेरिएका छन्, तर राज्यसत्ताको मूल संरचना यथावत नै छ । यो संरचना नै देश र जनताको दुर्भाग्यको प्रमुख कारण हो । सत्ताको यो संरचना कायम रहेसम्म जुनसुकै नाम र रुपका सरकार बने पनि ती सबैले देश र जनतालाई झन् भयानक संकटतिर डोयाउँछन् भन्ने तथ्य इतिहाससिद्ध भइसकेको छ । हाम्रो कसैसँग व्यक्तिगत इवि छैन, त्यो सडेगलेको प्रतिक्रियावादी राज्यसत्ता भत्काउने क्रममा जो त्यसको रक्षा गर्न आउँछ ऊसँग टक्कर लिनु इतिहासको आवश्यकता हो ।
७.महामन्त्री, यो जनसंघर्ष कुन कुन शक्तिहरुसँग मिलेर गर्न चाहनुहुन्छ, यो संघर्षमा एमाले पनि आओस् भन्ने चाहनुहुन्छ कि ?
यस प्रकासको जनसंघर्षमा हाम्रो स्पष्ट धारणा के छ भने मुख्य कुरा विषय वस्तु हो । कुनै खास विषयवस्तुमा सहमत हुने जो कोहीसँग पनि मिलेर संघर्ष रुपले जान सक्छौ । त्यसकारण कुनै खास राजनैतिक गुटसँग गर्ने वा नगर्ने भन्ने हाम्रो कुनै त्यस्तो नीति छैन । अहिलेको अवस्थामा जस्तो हामीले माथि पनि भनिसक्यौ राष्ट्रघात, जनजीविकाको सवाल र राज्यआतंक विरुद्ध, अझ मुख्यतः राज्य आतंकविरुद्ध, देशव्यापी रुपमा भइरहेको हत्या, लुटपाट, बलात्कार लगायतका विरुद्ध आउन सक्ने जो कोही शक्तिसँग पनि हामी संयुक्त संघर्ष गर्न तयार छौं ।
८.वर्तमान विश्वमा अमेरिकाको भूमिकालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? र तेस्रो विश्वयुद्धको सम्भावनालाई कसरी हेरिरहनुभएको छ ?
यो कुरा त स्पष्ट नै छ कि अमेरिकी साम्राज्यवाद वर्तमान विश्व साम्राज्यवादको नाइकेको रुपमा रहेको छ । विभिन्न देशका जनताको जनवादी, समाजवादी र सबै प्रकारका क्रान्तिकारी आन्दोलनहरुलाई अन्तरध्वंश गर्ने, जनताको आमहत्या गर्ने, हस्तक्षेप गर्ने र विश्वव्यापी अत्याचारको निम्ति लगातार अगाडि बढ्ने प्रक्रियाले अमेरिकी साम्राज्यवाद वास्तवमा अहिले विश्वभरिकै जनसमुदायको एक नम्बरको दुश्मनको रुपमा आएको छ । ऊसँग प्रतिस्पर्धा गर्ने हिजोको रुसी संशोधनवाद जो अति महाशक्तिको स्थितिमा थियो त्यो अहिले आन्तरिक संकटको दृष्टिले केही पछि देखिए पनि निश्चित रुपमा सैन्य दृष्टिले हे¥यौ भने त्यसको शक्ति अहिले पनि अतिमहाशक्तिको स्तरमा छ र अनुकूल मौकाको ताकमा रहेको छ । उनीहरुको अन्तरविरोधको स्थिति पनि देखिइरहेको नै छ । अन्य साम्राज्यवादी मुलुकहरु जो आर्थिक रुपले सबै संकटको क्रममा गुज्रिरहेका छन् । तिनीहरुका बीचमा पनि अन्तरविरोध चर्कदै गएको हामी देख्छौं । त्यसकारण अमेरिकी साम्राज्यवाद फेरि आफै पनि आर्थिक रुपले पहिलेभन्दा झन् बढी संकटमा परेको छ । वास्तवमा यो एउटा तथ्य विचित्र लाग्छ कि आज संसारको सबैभन्दा बढी ऋणी देश भनेको अमेरिका नै भएको छ । उसले आप्mनो आर्थिक संकट टार्नको निमित्त झन् व्यापक रुपले, झन् निर्मम तरीकाले विश्व जनसमुदायको शोषण गर्ने प्रक्रिया अघि बढाएको छ । त्यसले विश्वक्रान्तिलाई अघि बढाउन नकारात्मक रुपले मद्दत पु¥याइरहेको छ भनेर बुभ्mदा फरक पर्दैनजस्तो हामीलाई लाग्छ ।
जहाँसम्म विश्वयुद्धको सम्भावनाको प्रश्न हो, हामी के ठान्छौं भने क.माओले भनेझै या त क्रान्तिले विश्वयुद्धलाई रोक्छ या विश्वयुद्धले क्रान्ति जन्माउँछ, त्यो दुईवटा बाहेक अरु हुनै सक्दैन । तर अहिलेको विश्वको मूल प्रवृति भनेको क्रान्ति नै हो । यसलाई यही रुपमा बुभ्mन जरुरी छ । कुनै पनि बेला विश्वयुद्ध भड्किन सक्छ भने हिसाबले विश्व जनसमुदायलाई सचेत तुल्याउनु हामीले आफ्नो कर्तव्य ठान्नुपर्दछ र क्रान्तिद्धारा नै विश्वयुद्ध रोक्ने कुरामा हाम्रो जोड हुनुपर्दछ ।

यो माथिको संग्रहित अन्तर्वार्ताबाट हिजो प्रचण्डले कस्तो बाटो लिएका थिए र आज उनी कुन बाटोमा हिड्दै छन् भन्ने प्रष्ट हुन्छ । २०५२ साल फागुण १ गते बाट सामान्ती एकात्मक र संसदीय प्रतिक्रियाबादी राज्यसत्तामा क्रान्ति गर्न लगातार जनसड्घर्ष र जनयुद्ध सञ्चालन गर्यो । २०६३ सालयताको यात्रामा पनि राष्ट्रले स्वाधीनता र जनताले जनवादी राज्यसत्ता प्राप्त गर्न सकेनन् । वरु सत्ताको चरित्र सामन्ती निरड्कुशताबाट दलाल पुँजीवादमा फेरियो यस सत्ताको व्यवस्थालाई २०७२ असोज ३ गते जारी गरिएको कथित संविधानले सड्घीय लोकतान्त्रिक गणतन्त्र नामाकरण गर्यो । यी सबै काममा प्रचण्डको राजनीतिक इस्खलनले गर्दा भएको हो ।
आज प्रचण्ड दुश्मन मानिएको तत्कालिन एमाले सँग पार्टी एकिकरण गरि बनेको नेकपाका कार्यकारी अध्यक्ष छन् । उनले अढाई वर्ष अघि संसदीय चुनावको नजिक त्यस्त्रो गौरवशाली पार्टीलाई एमालेमा विलय गराई पार्टीको नाम नेकपा नामकरण गराएका थिए । अहिले यहि पार्टी देशको शासन सत्तामा छ । अझै पनि उनी राजनीतिको केन्द्र विन्दुमा छन् । देश अहिले दलाल पुँजीपतीवर्गको सत्ता र यसका शासकलाई सड्घीय लोकतान्त्रिक गणतन्त्रको शासकिय जलपले छेक्न नसक्ने भएको छ । देशमाथि भइराखेको राष्ट्रघात, दलालीकरण, आत्मसमर्पण, जनयुद्ध र आन्दोलनबाट स्थापित जनताका राजनीतिक अधिकारहरुको कटौती, जनघात, भ्रष्टाचार, कालो बजार, कमिशनको डरलाग्दो खेल, राजस्व छली जनताको दैनिक उपभोग्य वस्तुमा आतंक सिर्जना गर्ने मूल्यवृद्धि लगायतका यावत समस्या र अहिले लगायतका यावत समस्या र अहिले माहामारीलाई पनि प्रचण्डको आप्mनो स्वार्थमा निहित अधिनायकवादको अभिष्ट पुरा गर्ने साधन बनाउन उद्धत रहेका छन् । यी सबै समस्याहरुको जड प्रचण्डले लिएको विर्सजनवाद हो । वर्तमान दलाल पुँजीपति वर्गको सत्ता र यसका शासक संसदवादीहरुको फोहोरी खेलको मुलुकको भाग्य र भविष्य अंधकार रहन्छ । अब हामी यिनै शासकहरुले गरेका सम्पूर्ण हर्कतहरुलाई सहेर चुप लागेर वस्ने कि नयाँ विकल्पको खोजी गर्ने ? सम्पूर्ण जनताले गम्भीर भएर सोच्ने वेला आएको छ ।

 खरेल अर्थराजनीतिक विश्लेषक हुन् 
                             प्रकासित मिति २०७७–२–१५

फेसबुकबाट तपाईको प्रतिक्रिया