हिमालयन जनरल इन्स्योरेन्सले नगद लाभांश दिने

काठमाडौं ६ मंसिर  ।

शेयरधनीलाई हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।  मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ३८ करोड ५२ लाख रुपैंयाँ चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने ५ करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश दिने भएको हो । कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि र नियामक निकायको स्वीकृत पश्चात वितरण हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया