हिमालयन बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत
काठमाडौं, १५ पुस
हिमालयन बैंकले बिक्री गरेको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ को २५ लाख ६९ हजार १०४ कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ। बैंकले सोमबार २५ लाख ६९ हजार कित्ता ऋणपत्र सूचीकृत गरेको हो। बैंकले साउन २ गतेदेखि भदौ २ गतेसम्म ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो।
जसमध्ये २५ लाख ६९ हजार कित्ता ऋणपत्र मात्र बिक्री भएको थियो। सोहि ऋणपत्र सोमबार दोस्रो बजारमा कारोबारको लागि सूचीकृत गराएको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया