हिमालयन बैंकको खुद मुनाफा १ अर्ब ९१ करोड

बिजनेसपाटी २८ श्रावण

गत आर्थिक बर्षको चौथो त्रैमासमा हिमालयन बैंकले ८० करोड ३४ लाख रुपैयाँले खुद नाफा कमाउन सफल भएको छ। सो भन्दा अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले १ अर्ब ११ करोड २२ लाख रुपैयाँ मुनाफा कमाएको थियो।  हिमालयनले यस अवधिमा ३ अर्ब ४० करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९० प्रतिशतले वृद्धि गरी संचालन मुनाफा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ पुर्याएको छ।

हिमालयन बैंकले यस अवधिमा ८७ अर्ब ३२ करोड ३१ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब १० करोड ८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा अनुपात १ दशमलव ९९ प्रतिशतले घटेर १ दशमलव २३ प्रतिशतमा झरेको छ।  हाल बैंकको चुक्ता पुंजी ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ। बैंकको  १४.२८ प्रतिशत हकप्रद वितरणपछी बैंकको चुक्ता पुंजी ५ अर्ब १४ करोड रुपैयाँ पुग्ने बताईएको छ।  बैंकले यस अवधिमा जगेडा कोष रकम ४ अर्ब ३७ करोड रुपैयाँ पुर्याएको छ भने प्रति शेयर आम्दानी ४२ दशमलव ५८ रुपैयाँ, मूल्य आम्दानीेको अनुपात ३५ दशमलव २३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ९७ रुपैयाँ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया