हिमालयन बैंकको डेढ लाख कित्ता सेयर लिलामीमा
बिजनेसपाटी २५ फागुन ।
हिमालयन बैंकको हकप्रदमा नबिकेको करिब डेढ लाख कित्ता सेयर लिलामी बिक्रीका लागि राखिएको छ । चैत १० गतेदेखि १६ गतेसम्म बिक्रीका लागि १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर खुला गरिएको हो ।
बैंकको लिलामी सेयरको बाँडफाँड चैत १७ गते हुनेछ । कम्पनीको सेयर बजारमा मूल्य प्रतिकित्ता ८ सय ७८ रुपैयाँ छ ।आवेदकहरुले कम्तिमा १ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया