हिमालयन बैंकको डेढ लाख कित्ता सेयर लिलामीमा

बिजनेसपाटी २५ फागुन ।

हिमालयन बैंकको हकप्रदमा नबिकेको करिब डेढ लाख कित्ता सेयर लिलामी बिक्रीका लागि राखिएको छ ।  चैत १० गतेदेखि १६ गतेसम्म बिक्रीका लागि १ लाख ४५ हजार ५ सय ८० कित्ता साधारण सेयर खुला गरिएको हो ।

बैंकको लिलामी सेयरको बाँडफाँड चैत १७ गते हुनेछ । कम्पनीको सेयर बजारमा मूल्य प्रतिकित्ता ८ सय ७८ रुपैयाँ छ ।आवेदकहरुले कम्तिमा  १ सय कित्ताका लागि आवेदन दिनुपर्ने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया