हिमालयन बैंकले सुभारम्भ गर्यो मोबाइल बैंकिङ्ग एप्प

बिजनेसपाटी ४ मंसिर ।
हिमालयन बैंक लिमिटेडले मोबाइल बैंकिङ्ग एप (हाई—एम बि) सुरु गरेको छ ।
बैंकद्घारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले उक्त मोबाईल एप शुभारम्भ भएको घोषणा गरेका हुन् ।


हेएर ईज योर न्यू बैंक तथा विग बैंक इन स्मल साईज स्लोगनका साथ शुभारम्भ गरिएको यो मोबाईल एपको प्रयोगबाट ग्राहकहरुले आफ्नो खाताबारे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, आफुले उपभोग गरेको ऋणहरुको बारेमा जानकारी लिने, हिमालयन बैंकबाट उपलब्ध हुने सेवा र सुविधाहरुको बारेमा जानकारी लिने, हाल हिमालयन बैंक भित्रकै अर्को खातामा रकमान्तर गर्ने, विभिन्न विलहरुको भुक्तानी गर्ने, आफ्नो खाताबाट भएको प्रत्येक कारोबारको जानकारी लिने लगाएतका अन्य थुप्रै सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
मोबाईल एप शुभारम्भ समाहरोहमा बोल्दै बैंकका उप महाप्रबन्धक उज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण आधुनिक प्रविधि उपलब्ध गराइएको र आगामी दिनमा आफ्ना ग्राहकहरुका लागी थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए ।
उहाँले बैंकको आइटी सेक्युरिटी व्यवस्थालाई अझ सुद्धृढ गर्दै बैंकलाई नेपालकै नम्बर १ आधुनिक सुचना प्रविधि युक्त बैंक बनाउँदै लगिने उल्लेख गरे ।
कार्यक्रममा बैंकको आइटी विभागका धिरज श्रेष्ठले मोबाईल एपबारे विस्तृत जानकारी गराएका थिए ।
हिमालयन बैंकले देशभरि भएका आफ्ना ५६ बटा शाखा तथा १०८ वटा एटिएम मार्फत ग्राहकहरुका लागी सम्पूर्ण सेवा प्रदान गरिरहेको र चालु बर्षमा थप ६ बटा शाखा विस्तार गर्ने योजना रहेको जानकारी गराएको छ ।
बैंकले असोज मसान्तसम्म रु. १ खर्ब २ अर्ब ४५ करोड बराबरको निक्षेप संकलन गरि रु. ९४ अर्ब २४ करोड बराबरको कर्जा प्रवाह गरेको छ । बैंकले चालु आ व को उक्त अवधि सम्ममा रु. ६४ करोड ९६ लाख बराबरको खुद मुनाफा आर्जन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया