हिमालयन बैंक र चिरायू अस्पतालबीच सम्झौता

बिजनेसपाटी १ पौष ।
हिमालयन बैंक लिमिटेड र चिरायू अस्पताल बसुन्धारा, काठमाडौं बीच उक्त अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ % सम्म छुट प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरा नन्दराज वैद्यले हस्ताक्षर गरेका छन् । कार्ड कारोबारमा धेरै अनुभव भएको, प्रतिष्ठित, सुरक्षित, सबै भन्दा धेरै ब्राण्डका कार्डहरु जारी तथा आफ्ना बृहत संजालहरुमा सबै भन्दा धेरै प्रकारका कार्ड स्विकार गर्ने बैंक हिमालयन बैंक र नेपालको प्रतिष्ठित निजी क्षेत्रको अस्पताल, चिरायू अस्पताल बीच भएको उक्त सम्झौताले दुवै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया