हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स संझौता

बिजनेसपाटी २५  असार ।
हिमालयन बैंक लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धि संझौता भएको छ । उक्त संझौता अनुसार हिमालयन बैंक लिमिटेडले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जिवन विमा सेवा आफ्ना ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सो सम्बन्धि संझौतापत्रमा हिमालयन बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नूर प्रकाश प्रधानले एक समारोहका बीच हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया