हिमालयन बैकको दुइ नयाँ शाखा सञ्चालनमा
बिजनेसपाटी २ जेष्ठ ।
हिमालयन बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा बारा जिल्लाको प्रसौनीमा बैशाख २८ गते र बाँके जिल्लाको राप्तीसोनारी, शम्शेरगंजमा बैशाख ३० गते देखिबाट आफ्नो नयाँ दुइ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुबाट ग्राहकहरुलाई अत्याधुनिक तथा सबै प्रकारका बैङ्किग सुविधाहरु उपलब्ध हुने बैकले जनाएको छ । नयाँ शाखाहरु सञ्चालनमा आए पश्चात बैंकको कूल शाखा संख्या ४९ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया