हिम्मतवाली तीन महिला र तीन चुचुरो
काठमाडौं –२७ फागुन
साहसिक खेल हो हिमाल आरोहण जसमा ठूलै आँट चाहिन्छ । एकपटक नभएर बारम्बार हिम्मत जुटाउनुपर्छ । आजको नागरिकमा यो खबर छ ।
सन् २००७ मा उनीहरुले सर्वोच्च शिखर सगरमाथा चढे । ‘हिमालहरुको हिमाल’, ‘ज्यानमारा हिमाल’, ‘माउन्ट किलर’जस्ता थुप्रै उपमा पाएको पाकिस्तानको केटु (८,६१२ मिटर) पनि चढे ।
विश्वकै दास्रो अग्लो मात्र होइन, प्राविधिक रुपमा अत्यन्त कठिन मानिने केटुको चुचुरोमा सन् २०१४ मा चुमे, केटु पुग्ने पहिलो महिला टिम भनेर नाम लेखाए ।
अब उनीहरु विश्वको तस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघा चढ्ने तयारीमा छन् ।
उनीहरु अर्थात् ‘थ्री वुमेन, थ्री टप’ अभियानका ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजुम शेर्पा ।
जलवायु परिवर्तन न्युनिकरणको सन्देश बोकेर चैत २५ गते काठमाडौंबाट हिँड्ने तयारीमा छन् उनीहरु ।
फेसबुकबाट तपाईको प्रतिक्रिया