हेटौंडामा ५३ प्रतिशतले मात्र कोभिड विरूद्धको खोप लगाए

हेटौंडा २२, पुस २०७८ हेटौंडा जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड-१९ विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरूद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप कार्यक्रमलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ।मनहरि, राक्सीराङ, कैलाश र बकैया गाउँपालिकामा विशेषगरी खोप अभियान सञ्चालन हुने जनाइएको छ। RSS

फेसबुकबाट तपाईको प्रतिक्रिया