हेर्न नपाउने भए दर्शकले रणवीर र अनुष्काको किस सिन

एजेन्सी १० कार्तिक ।
करण जाहेहरको फिल्म ए दिल है मुस्किल मा समावेश अनुष्का शर्मा र रणवीर कपुरका ५० प्रतिशत चुम्बन दृश्य सेन्सर बोर्डले हटाइदिएको छ । शुक्रबार रिलिज हुन लागेको फिल्म पाकिस्तानी कलाकारका कारण विवादमा छ ।

फिल्मको सेन्सर सर्टिफिकेट एक्कासी सोसियल मिडियामा लिक भएपछि अझ चर्चा बढेको छ । भारतीय फिल्म सेन्सर बोर्डले फिल्ममा समावेश अनुष्का शर्माका चुम्बन दृश्य र दुईअर्थी थुप्रै सम्बादमाथि कैंची चलाएको छ ।

तर ऐश्वार्या र रणवीर कपुरबीचको अन्तरंग दृश्य भने नकाटेको भारतीय अनलाइनले उल्लेख गरेका छन् । बोर्डले रणवीर अुष्काबीचको एउटा लामो चुम्बन दृश्यलाई आधा मात्र राख्ने अनुमति दिएको बताएको छ ।

त्यसका साथै सेन्सरले हटाउने आदेश दिएको केही दोहोरो अर्थ लाग्ने सम्बादलाई करणले नयाँ सम्बाद डविङ गरी मिलाएको बताइन्छ । ऐजेन्सीलाइ उद्घृत गर्दै आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया