ह्वाट्सएप अब फेसबुक र ट्वीटर जस्तै

एजेन्सी, १३ असार

संसारमै लोकप्रिय बनेको म्यासेजिङ एप ह्वाट्सएपमा नयाँ फिचर आउने भएको छ। फेसबुक र ट्वीटरमा पहिलेदेखि नै भएको ‘मेन्सन’ फिचर ह्वाट्सएपमा पनि ल्याइने भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन्।
हाल परीक्षणमा रहेको यो फिचरका माध्यमले च्याट गरिरहेको बेला अन्य कुनै प्रयोगकर्तालाई बोलाउनु परेमा मेन्सनमार्फत् ट्याग गरेर नोटिफिकेसन दिन सकिनेछ। यसले फेसबुक र ट्वीटरमा लेखेर ट्याग गरेजस्तै काम गर्नेछ।
 यो बाहेक यस फिचरबाट कुनै प्रयोगकर्तालाई ग्रुपमा जोड्न पनि सजिलो हुनेछ।
 यो फिचर सबैभन्दा पहिले सबैभन्दा पहिले ह्वाट्सएपको आइओएस बेटा भर्जनमा उपलब्ध हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया