०४६को आन्दोलनको साँस्कृतिक माहोलमा सरिक थिए, त्यही देखि कलाकार पनि भएँ !

 शिव शाह, मोडल

अर्घाखाँची जिल्लामा जन्मिएर सानै उमेर (०४६ साल) देखि कलाकारितामा रमाउँदै र सग्लन हुँदै आएका बहुआयामिक प्रतिभाका धनी मोडल शिव शाहको छोटो अन्र्तवार्ता ।

१) तपाई कलाकारिताको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म कलाकारिताको क्षेत्रमा ०४६ साल देखि नै निरन्तर छु । मलाई म्युजिक क्षेत्रमा गाउँने, बजाउने सबै विधाहरु आउँछ । हार्मुनियम, बाँसुरी, मादल सबै बजाउँछु । पहिला त म एउटा साँस्कृतिक टीम नै सम्हाल्थे । प्राय म धेरै गीतहरुमा डान्स समेत गर्थे । यसरी ०४६ साल देखि नै म कलाकारिताको क्षेत्रमा सग्लन रहँदै आएको छु । siva 2
२) यस क्षेत्रमा लाग्नलाई के कुराले प्रेरणा दियो ?
जव ०४६ सालमा जनआन्दोलन सुरु भयो । आन्दोलनका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रहरु हेर्ने, देख्ने मौका पाइयो । त्यही माहोलमा म पनि सरिक भएर अघाडी बढने अवसर पाएँ ।

 

 

 

 

३) यो क्षेत्रमा लाग्दाको अनुभव कस्ता छन ?
ह्ैन, ठीक छ । मलाई त यो एकदमै आनन्द दिने विधा हो । अहिले चाँही म आफनो क्षमता प्रष्फुष्टन गराउन लागी परेको छु ।

siva3४) हालसम्म यस क्षेत्रमा के कस्ता काम गर्नुभयो ।
धेरै विधामा ज्ञान हासिल गरियो । धेरै वटा कार्यक्रमहरुमा नाँचियो, गाइयो । अहिले चाँही मोडलिङमा पनि प्रवेश गरेको छु । हालै एउटा भिडियोको काम सक्काएको छु । चर्चित लोकगायक जिवन परियार र गायिका पुजा खड्काले गाएको ‘विद्यानास जाउ कान्छी डाँडै काटेर’ बोलको गीतमा मोडलको रुपमा मैले अभिनय गरेको छु । यस क्षेत्रलाई निरन्तरता दिने सोचमा छु । यसअघि अभ्यासहरु गरियो भनौ । विचमा १० जति विदेश समेत बसियो । जसले गर्दा बे्रक भएको थियो । अव चाँही सांगीतिक लाइनमा नै निरन्तर अघि बढने सोचमा छु । छिट्टै अर्को तीज गीतको पनि अभिनय गर्न गइरहेको छु । दर्शक श्रोताहरुले हेरिदिएर अघाडी बढने मौका समेत दिनुहुन अनुरोध गर्दछु ।
प्रस्तुती रिसव गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया