०७३ साल सकिदै गर्दा नेप्से पुन: ओरालोतिर
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_251,h_201/https://businesspati.com/wp-content/uploads/2017/02/stockk.jpg)
बिजनेसपाटी ३१ चैत्र
०७३ सालको वर्षको अन्तिम दिन आज बिहिबार नेप्से ५.९४ अङ्कले घटेर १६९७.१३ अङ्कमा पुगेको छ । निकै उतारचढावबीच आज १४३ कम्पनीको २१ लाख ३३ हजार कित्ता सेयर १ अर्ब ४८ करोड बढीको सेयर खरिद बिक्री भएको छ । हिजो बुधबार २ अर्ब सात करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
आज बजारमा बिमा र विकास बैङ्क समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । जलविद्युत समूहको परिसुचक २२ अङ्कले ओरालो लागेको छ । बैङ्किङ समूहको १०.७२ अङ्कले ओरालो लागेको छ । बिमा समूहको ६४.४८ र विकास बैङ्क समूहको परिसूचक शुृन्य दशमलव ६९ अङ्कले बढेको छ । बिहिबार नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको १७ करोड ४४ लाख रुपैयाँ बढीको सेयर खरिदविक्री भएको छ । तेस्तै लालिगुँरास इन्स्योरेन्सको ७ करोड ३४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया