०७३ साल सकिदै गर्दा नेप्से पुन: ओरालोतिर

बिजनेसपाटी ३१ चैत्र 

०७३ सालको वर्षको अन्तिम दिन आज बिहिबार नेप्से ५.९४ अङ्कले घटेर १६९७.१३ अङ्कमा पुगेको छ ।  निकै उतारचढावबीच आज १४३ कम्पनीको २१ लाख ३३ हजार कित्ता सेयर १ अर्ब ४८ करोड बढीको सेयर खरिद बिक्री भएको छ । हिजो बुधबार २ अर्ब सात करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।

आज बजारमा बिमा र विकास बैङ्क समूहको परिसूचक बाहेक अन्य समूहको परिसूचक ओरालो लागेको छ । जलविद्युत समूहको परिसुचक २२ अङ्कले ओरालो लागेको छ ।  बैङ्किङ समूहको १०.७२ अङ्कले ओरालो लागेको छ । बिमा समूहको ६४.४८ र विकास बैङ्क समूहको परिसूचक शुृन्य दशमलव ६९ अङ्कले बढेको छ । बिहिबार नेपाल क्रेडिट एण्ड कमर्श बैङ्कको १७ करोड ४४ लाख रुपैयाँ बढीको सेयर खरिदविक्री भएको छ ।  तेस्तै लालिगुँरास इन्स्योरेन्सको ७  करोड ३४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया