११ वित्तीय संस्थाले पाए गाभ्ने र गाभिने स्वीकृति
बिजनेसपाटी ३० जेष्ठ ।
बिभिन्न ९ वटा बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्न/गाभिन अन्तिम स्वीकृति दिएको छ । मंगलबार बिहान बसेको राष्ट्र बैंक संचालक समितिको बैंठकले सो स्वीकृति प्रदान गरेको हो ।
बैंठकले अन्य २ संस्थालाई भने सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । जस अनुसार राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई एस डेभलपमेन्ट बैंक खरिदका लागि अन्तिम स्वीकृति दिइएको छ भने सिभिल बैंकलाई युनिक फाइनान्स र हामा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, महालक्ष्मी विकास बैंकलाई यति डेभलपमेन्ट बैंक, भिवोर सोसाइटी डेभलपमेन्ट बैंकलाई लुम्बनी फाइनान्स मर्ज गर्न अन्तिम स्वीकृति दिइएको छ । बैठकले देव विकास बैंकलाई साझा विकास बैंक प्राप्तिका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । अन्तिम स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाहरु असार मसान्त भित्र नै गाभिने योजनामा रहेका छन। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंक तथा वित्तीय संस्थाहरुसंग अब मात्र १ महिना बाँकी रहेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया