१२ बुँदे सम्झौता गराउने यिनै प्रणव मुखर्जी हुन्

आनन्दराम पौडेल 
दिल्लीमा १२ बुँदे सम्झौता गराउने यिनै प्रणव मुखर्जी हुन् जस्ले सुगौली सन्धीबाट नेपाललाइ अधिनस्थ राख्ने गरी शुरु भएको औपनिवेशिकरणको अभ्यासलाई यो १२ बुँदेलेअन्तिम चरणमा पुर् यायो । यही १२ बुँदेपछि नेपालको सार्वभौमसत्ताको शक्तिकेन्द्र दिल्ली पुग्यो। नागरिकता ऐनलाइ फ्याङ्लाङफुङ्लुङ पारी रछान बनाएर २२ लाख सीमावर्ति भारतीयहरुलाई नागरिकता दिनलगाए; जस्ले नेपाललाइ फिजीकरण गर्न आधारभूमि तैयार गर् यो ।mukharji

नागरिकताको एक चरण सम्पन्न भएपछि सङ्घीयता घुसायो र ‘एक मधेश एक प्रदेश’ को नारा उराल्न लगायो । दिल्ली साउथब्लकको अनुमति नलिई नेपालले सम्विधान जारी गर्ने आँट-हिम्मत देखायो भनेर नेपाललाइ दण्डित गर्ने हिसाबले चरम अमानवीयता र क्रुरतापुर्वक जबर्जस्ति नाकाबन्दी लाद् यो । दिल्ली सरकारका नाइकेहरु अहिलेपनि एकातिर अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको सम्विधान विरुध्द निन्दा अभियान चलाइरहेछन् र बिषबमन गरिरहेछन् भने अर्कोतिर “यो सम्विधानमा यो-यो संशोधन गर” भनेर डिक्टेट गरिरहेकै छन्। भारत हाम्रो छिमेकी हो तर भारत सरकारका नाइकेहरु नेपाल राष्ट्रको लागि षडयन्त्रकारी नै हुन् । नेपाललाइ सधैं ङ्याकिरहने भारत सरकारका नाइकेहरुलाइ हृदयैदेखि स्वागत गर्न हाम्रो अन्तर्आत्माले अस्वीकार गर्छ ।

तिनै प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदैछन् । भारत सरकारले गरेका अत्याचार, दुष्टतापूर्ण व्यवहार र थिचोमिचोका घाउ, चोट, ब्यथा, पीडाहरु मिति २०७३. ०७. १२ गतेदेखि प्रणव मुखर्जी नफर्किएसम्म हामी सबैले ओकलौं । फेसबुक, अनलाइनहरुमा स्टाटस लेखौं र सबैले यो ह्यास ट्याग गरौं । एउटा निर्दोष, निम्छरो राष्ट्र नेपालमाथि अनाहकमा थोपरिएको अत्याचारको पीडा विश्वलाइ वुझाउन जरुरी भएकोले नेपाल राष्ट्रप्रति अलिकति पनि माया भएका सबैले हात अघि बढाउँ । स्टाटस लेखिसकेपछि यो ह्यस ट्याग अनिवार्य राखिदिनुहुन निवेदन गर्दछौं । 

फेसबुकबाट तपाईको प्रतिक्रिया